‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’ « Khabarhub

‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक भएको छ । केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचारप्रसारका लागि गीत सार्वजनिक गरेको हो ।

गीतमा हरी उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर तथा विकास चौधरीको संगीत छ । गीतमा गौरव पहारी, विल्सनविक्रम राई ‘तक्मे बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बुलगायतको अभिनय छ । गीतको कोरियोग्राफी राजिव सिंहले गरेका हुन् ।

फिल्म फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा जयनन्द लामा, शिशिर वाङ्देलको पनि अभिनय छ ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफडि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ ले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा विक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : १५ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न