बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ | Khabarhub Khabarhub

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्मचारीकै मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना पुस १८ गतेको हो ।

सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भई ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको शुक्रबार एक सूचना जारी गरी जनाएको छ । उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकारी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको जनाएको छ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ०० बजे

संयमता अपनाउन इजराइललाई १३ मुलुकको आग्रह

रोम – परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार

सन्दीप प्रकरणमा नखुलेको रहस्य : करणी नै भएन या सहमतिमा भयो ?

काठमाडौं- विगत डेढ वर्षयता जबर्जस्ती करणीको मुद्दा खेपेका क्रिकेटर सन्दीप

टिपतालामा पहिलो पटक पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा

बस दुर्घटनामा परी दाङमा १० यात्रु घाइते

घोराही– दाङमा भएको बस दुर्घटनामा परी १० यात्रु घाइते भएका

तीन दिने विद्यार्थी महोत्सव : आन्दोलनबाट उठेको छविलाई सिर्जनशील अभियानतिर लैजाने प्रयास

काठमाडौं- नेकपा एमालेनिकट अनेरास्ववियुले काठमाडौंमा तीन दिनसम्म आयोजना गरेको विद्यार्थी