प्रदेश १ का पूर्वमुख्यमन्त्री राईले फिर्ता गरे गाडी « Khabarhub

प्रदेश १ का पूर्वमुख्यमन्त्री राईले फिर्ता गरे गाडी


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी फिर्ता गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रशासन शाखा प्रमुख सतिस सत्यालका अनुसार राईले प्रयोग गरेको गाडी शुक्रबार मन्त्रालय आइपुगेको हो ।

को१झ ५६५ नम्बरको गाडी पूर्वमुख्यमन्त्री राईले पदबाट हटेको लामो समयसम्म फिर्ता नगरेको भन्दै आलोचना भएको थियो ।

राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका थिए । प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई कुनै किसिमको सेवा सुविधा दिने व्यवस्था नगरे पनि राईले हालसम्म गाडी फिर्ता गरेका थिएनन् ।

तत्कालीन मुख्यमन्त्री राईले २०७७ पुस १२ गते तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयका गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए ।

गाडी फिर्ता गर्न पटक पटक मन्त्रालयले ताकेता गरे पनि उनले अनाकानी गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : २० बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित