गायिका लताको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षतिः गायक ढकाल « Khabarhub

गायिका लताको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षतिः गायक ढकाल


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक रामकृष्ण ढकालले चर्चित गायिका लता मंगेशकरको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षति भएका बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् लताप्रति श्रद्धाञ्जली अर्पण गर्दै गायक ढकालले उनको निधनले विश्व संगीत क्षेत्रमा अपूरणीय क्षति भएका बताएका हुन् ।

ढकालले लताबिना संगीताकाश पनि अँध्यारो हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘सृष्टिको नियम सबैले पालन गर्नै पर्छ, एकदिन जानु त छँदैछ । तर, उहाँको यो अभाव र विश्व संगीत क्षेत्रमा उहाँको अनुपस्थितिमा हुन जाने अपूरणीय क्षतिको महसुस गरेको छु । उहाँबिना साँच्चै संगीताकाश अँध्यारो हुनेछ । उहाँको अर्काे जन्म फेरि यसैगरी विश्व संगीत र गायनका निम्ति निरन्तर भइरहोस् भन्ने ईश्वरसँग प्रार्थना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

गायक ढकालले गायिका लतासँग गीत गाएको क्षण स्मरण गर्दै भनेका छन्, ‘मैले उहाँ जतिको महान स्रष्टासँग भेट हुने, कुरा गर्ने र एउटा सिङ्गै गीत गाउने अवसर पाएँ । यो नै मेरो जीवनको सर्वाधिक खुसीको क्षण थियो, तर उहाँको देहावसानले म अत्यन्तै मर्माहत भएको छु ।’

सुप्रसिद्ध गायिका लतासँग गायक रामकृष्ण ढकालले सन् २०१२ को नोभेम्बरमा ‘बाचुञ्जेलीलाई’ बोलको गीत गाएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १२ : १३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले