आज २०७८ माघ २४ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ माघ २४ गते सोमबारको राशिफल


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ २४ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? तपाईंको आजको फलादेश हेर्नुहोस्

मेष : आजको दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक लाभ हुने योग रहे पनि अन्य क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ। विद्याको क्षेत्रमा आलस्य बढ्नेछ। सामाजिक, पारिवारिक क्षेत्रमा सन्तोषजनक छैन। आफन्तहरुले सहयोगभन्दा पनि असहयोग गर्ने दिन परेकाले आफ्ना लागि आफैंले निर्णय लिनुपर्नेछ।

वृृष : आजको दिन सामान्य रहेको छ। मित्रभन्दा शत्रु बढी सक्रिय भएकाले सामाजिक क्षेत्रमा ठूलो लगानी नगर्नुहोला। बन्धुबाट राम्रो फल मिल्नेछ। समस्या समाधानमा दाजुभाइको सहयोग मिल्ने योग रहेको छ। शिक्षा स्वास्थ्यको क्षेत्रमा भने त्यत्ति राम्रो छैन।

मिथुन : एकादश स्थानमा चन्द्रदेवले भ्रमण गर्दै गर्दा आर्थिक क्षेत्रमा धेरै राम्रो छ। आफूभन्दा मान्यजनबाट स्याबासी पाउनुहोला। दाम्पत्य जीवनमा सम्बन्ध सुमधुर रहला। वैदेशिक रोजगारमा भने लगानी गर्न राम्रो छैन। राजनीतिक क्षेत्रमा भने धेरै साथीभाइले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो जोशजाँगर बढ्नुको साथै नाम, दाम दुवै हात लाग्ने योग रहेको छ।

कर्कट : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा धेरै राम्रा अवसर रहेका छन्। बुवाआमा हुनेहरुले बुवाआमाको आशिर्वाद लिएर तथा नहुनेले स्मरण गरेर थालनी गरेका कार्यबाट सफलता मिल्नेछ। दाम्पत्य जीवनमा भने वैमनस्यता रहेको छ। वैदेशिक रोजगारीमा भने त्यत्ति राम्रो छैन। आफूलाई झुक्याउने योग रहेको छ।

सिंह : आजको दिन शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको लगानीले उल्लेखनीय सफलता हात लाग्नेछ। वैदेशिक क्षेत्रमा समेत राम्रो रहेकाले लगानी गर्न सक्नुहुनेछ। राजनीति, सामाजिक क्षेत्रमा भने अघि नबढेको राम्रो। अरुको सहयोग भन्दा आफ्नै श्रमको मात्र लगानी गर्नु उपयुक्त देखिन्छ।

कन्या : आजको दिन सबैभन्दा बढी शिक्षाको क्षेत्रमा तपाईको उपलब्धि हुने योग छ। सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा भने सामान्य मात्र फाइदा होला। सामाजिक क्षेत्रमा भने आँटेर गरेका काममा धेरै प्रभाव रहनेछ। आजको दिन समग्रमा राम्रो छ।

तुला : आजको दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय लाभ हुने सम्भावना छ। दाम्पत्य जीवनमा भने सम्बन्ध सुमधुर रहनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा भने त्यत्ति सन्तोषजनक रहेन।

वृश्चिक : आजको दिन वैदेशिक क्षेत्रमा उल्लेखनीय लाभ मिल्ने योग रहेको छ। आर्थिक, सामाजिक क्षेत्रमा भने सोचेअनुसारको लाभ लिन नसक्ने सम्भावना छ। शैक्षिक क्षेत्रमा भने असफलता मिल्नेछ। निद्रा, आलस्य, झर्कोफर्को मात्र हात लाग्ने भएकाले लगानीमा अघि नबढेकै राम्रो।

धनु : दिन निकै राम्रो छ। शिक्षा, स्वास्थ्यको क्षेत्र तपाईको अनुकुल रहेको छ। स्वास्थ्य लाभको योग छ। आर्थिक, सामाजिक क्षेत्रमा सबैको सहयोग मिल्नेछ। सामाजिक मानसम्मान बढ्नेछ। प्रयास गरे पूराना लगानीसमेत उठ्नेछन् ।

मकर : दिन धेरै राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीले उल्लेखनीय उपलब्धि हात लाग्नेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा भने त्यत्ति सन्तोषजनक छैन। शिक्षाको क्षेत्रमा ठिकै छ। पठनपाठनमा जोशजाँगर बढ्नेछ।

कुम्भ : आजको दिन राम्रो छ। आफ्ना दाजुभाइबाट परामर्श लिएर काम गर्नु सफलता मिल्नेछ। सामाजिक, राजनीतिक क्षेत्रमा भने खुट्टा तान्नेहरु सक्रिय छन्। शैक्षिक क्षेत्रमा राम्रो छ। लगानीका क्षेत्रबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

मिन : दिन सामान्य छ। स्वास्थ्य, शिक्षा, रोजगारभन्दा वैदेशिक रोजगारमा तपार्इंको लगानीले राम्रो भूमिका खेल्नेछ। यात्रामा सोचेका काम बन्ने योग छ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : १८ बजे

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य