अब लता मंगेशकरको स्वर मात्र सुन्न सकिन्छ.. « Khabarhub

अब लता मंगेशकरको स्वर मात्र सुन्न सकिन्छ..


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ। मुम्बईको शिवाजी पार्कमा उनको पार्थिक शरीरमा कान्छो भाइ हृदयनाथले दागबत्ती दिएको भारतीय संचार माध्यमले जनाएका छन्।

मंगेशकरको अन्तिम सम्मानमा तीनै तहका सेना र प्रहरीले सलामी दिएका थिए। अन्त्यष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यको मुख्यमन्त्री उद्धव ठाकरे, गोवाको मुख्यमन्त्री प्रमोद सावन्त, केन्द्रीय मन्त्री पीयूष गोयल लगायत उच्च पदस्थ व्यक्ति सहभागी थिए।

यस्तै चलचित्र जगतमा अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, रणवीर कपुर, संगितकार शंकर महावेदन पनि उपस्थित थिए।

साथै हजारौंको संख्यामा मंगेशकरको प्रशंसक पनि अन्तिम श्रद्धान्जली दिन पुगेका थिए। मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो। गत जनावरीमा कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

यिका लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ तारिखमा मध्यप्रदेशको इंदौरमा भएको थियो । लता मंगेशकरलाई सबैभन्दा बढी गीत रिकर्ड गराउने गौरव पनि प्राप्त छ । उनले हिन्दीसहित अन्य थुप्रै भारतीय भाषामा गीत गाएकी छन् । केही नेपाली भाषाका गीत पनि लताले गाएकी छन् ।

उनलाई भारतीय सरकारको सबैभन्दा ठूलो अवार्ड भारत रत्नबाट सम्मान गरिएको थियो । त्यस्तै, भारत सरकारले दुई पटक पदमश्री, दादा साहेब फाल्के पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको थियो ।

तीन पटक भारतीय राष्ट्रिय अवार्ड, ६ पटक फिल्मफेयर अवार्ड, चार पटक महाराष्ट्र प्रदेश फिल्म अवार्डसमेत उनले पाएकी थिइन् ।

लताको निधनको शोकमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । सबै सरकारी, कूटनीतिक तथा महत्वपूर्ण कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउन भनिएको छ । उनको निधनमा विश्वभरबाट शोक व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : ४६ बजे

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको