इतिहासमा आज : अन्तरिक्षमा मानव यात्रादेखि वायरलेस म्यासेजसम्म « Khabarhub

इतिहासमा आज : अन्तरिक्षमा मानव यात्रादेखि वायरलेस म्यासेजसम्म


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विश्व इतिहासमा फेब्रुअरी ७ मा भएका मुख्य मुख्य विश्व घटना

  • नाटककार, साहित्कार तथा चित्रकार बालकृष्ण समको पनि जन्म जयन्ती हो। उनको जन्म काठमाडौंको ज्ञानेश्वरमा भएको हो। राणा परिवारमा जन्मिएका समलाई साहित्यमा बहुमुखी प्रतिभाका धनी मानिन्छ। उनले आफ्नै पुर्खाहरुको क्रुर शासनको विरोधसमेत गरेका थिए। समले कविता, कथा, नाटक, निबन्ध, प्रबन्ध, जीवनी लगायत धेरै क्षेत्रमा कलम चलाएका छन्। उनका कृतिहरुमा स्वास्नीमान्छे, नालापानीमा, प्रेमपिण्ड, मुटुको व्यथा आदि छन्। उनी गोरखा दक्षिण बाहु, रत्नश्री स्वर्णपदक, त्रिभुवन प्रज्ञा पुरस्कार, साझा, त्रिभुवन विश्वविद्यालय आदि पुरस्कारबाट सम्मानित भएका थिए।
  • नेपाली कवि, भाषासेवी तथा शिक्षाविद् धरणीधर कोइरालाको जन्मजयन्ती हो। उनको जन्म सिन्धुलीको दुम्जामा भएको थियो। उनले दार्जिलिङ्मा शिक्षक भएर तथा फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर काम गरे। उनको नैवेध कविता संग्रह, स्पन्दन कविता संग्रह, श्रीमद्भागवत् अनुवाद गरेका छन्। कोइराला २०२२ सालमा त्रिभुवन प्रज्ञा पुरस्कारले सम्मानित भएका थिए। उनको निधन सन् १९८० सालमा भएको हो।
  • सन् १९८४ अर्थात् ३८ वर्ष अगाडि आजको दिन अन्तरिक्षमा पहिलो पटक मानव यात्रा भएको थियो। अन्तरिक्ष यात्री ब्रुस म्याकक्यान्डस्ले ग्यास स्वचालित जेट प्याकको प्रयोग गरेर पृथ्वी भन्दा लगभग ३ सय फिट माथि पुगेर फर्किएका थिए।
  • सन् १९७१ मा आजको दिन स्वीजरल्याण्डका महिलाहरुले मतदानको अधिकार पाएका थिए। स्वीजरल्याण्ड त्यतिबेला महिलालाई मतदानको अधिकार दिने छैठौ राष्ट्र बनेको थियो।
  • सन् १९७४ मा आजको दिन ग्रेनाडाले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो। तीन सय वर्ष भन्दा बढी बेलायतको औपनिवेशिक शासनपछि ग्रेनाडालेस्वतन्त्रता प्राप्त गरेको हो।
  • सन् १९१५ मा आजको दिन पहिलो वायरलेस म्यासेज चलिरहेको रेलबाट स्टेशनमा पठाइएको थियो।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : २५ बजे

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

सप्तरी– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपीडी)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको