गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी « Khabarhub

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपीडी) सेवा प्रवाह गरिने भवनमा सोमबार आगलागी भएको छ । यहाँका डेन्टल ओपीडी सेवा र ‘रेकर्ड’ कोठामा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

डेन्टल विभागका डाक्टर दिपाली झाका अनुसार उपचारका लागि आएको बिरामीलाई अस्पतालमा उपचार गरिरहेका बेला डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट भएर तल आगो लागेको हो । सो क्रममा यहाँ रहेका अरु डेन्टल उपकरणमा विस्तारै आगो लागेर फैलिएको उनको भनाइ छ ।

अस्पतालका अनुसार आगलागीबाट तीन थान डेन्टल उपकरण, दुई थान कम्प्रेसर, दुई थान डेस्क, तीन थान डेन्टल कुर्सी, एक थान फ्रिज र सात वटा पङ्खा पूर्ण रूपमा जलेर नष्ट भएका मेडिकल सुपरिडेन्ट अवधेशकुमार मिश्राले जानकारी दिए । अन्य थप उपकरणसहित करिब २५ लाखभन्दा बढीको क्षति भएको उनको भनाइ छ ।

साथै ओपीडी रेकर्डका रूपमा रहेका कागजातहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी, सशस्त्र प्रहरी नेपाली सैन तथा स्थानीय र राजविराजबाट गएको बारुणयन्त्रले आगो निभाएका थिए । यो आगलागीबाट कुनै मानवीय क्षति भने नभएको अस्पतालले जनाएको छ ।

यसैबीच, अस्पतालमा आगलागी भएको घटना बुझ्ना साथ हिजो मात्र सप्तरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामजी यादवले आगलागीबाट भएको क्षति विवरणबारे जानकारी लिएका छन् । (रासस)

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ८ : ०० बजे

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता, एक घाइते

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण