आजको मौसम आंशिकदेखि सामान्य बदली : बुधबार पानी पर्ने « Khabarhub

आजको मौसम आंशिकदेखि सामान्य बदली : बुधबार पानी पर्ने


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार र मंगलबार देशका अधिकाशं स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकोकाले अधिकाशं स्थानमा बादल लागे पनि प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुँदा अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना देखिन्छ।

यस्तै मंगलबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ। तर मंगलबार राति अर्को पश्चिमी वायु नेपाल प्रदेश गर्ने देखिएकाले बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

बुधबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश नं १ को पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ५० बजे

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको