आजको मौसम आंशिकदेखि सामान्य बदली : बुधबार पानी पर्ने « Khabarhub

आजको मौसम आंशिकदेखि सामान्य बदली : बुधबार पानी पर्ने


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार र मंगलबार देशका अधिकाशं स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकोकाले अधिकाशं स्थानमा बादल लागे पनि प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुँदा अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना देखिन्छ।

यस्तै मंगलबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ। तर मंगलबार राति अर्को पश्चिमी वायु नेपाल प्रदेश गर्ने देखिएकाले बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

बुधबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश नं १ को पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ५० बजे

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत गरिने, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ– हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका