रुसले युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना तैनाथ गरेको अमेरिकाको दाबी « Khabarhub

रुसले युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना तैनाथ गरेको अमेरिकाको दाबी


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – रुसले आगामी साता युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्ने योजना बनाएको आरोप अमेरिकाले लगाएको छ।

त्यसका लागि आवश्यक ७० प्रतिशत सेना भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा यस्तो उल्लेख छ ।

आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी संकट उत्पन्न हुने अधिकारीहरुले जनाएका छन् । रसियाली भूमिमा मध्येजनवरीदेखि हिउँ पर्ने र यसले मस्कोलाई अझै ठूला हतियार लैजान सहयोग मिल्ने अमेरिकी गुप्तचर निकायको सूचनालाई हवाला दिँदै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

युक्रेनसँगको सीमामा रसियाले १ लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : ०५ बजे

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास