राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण « Khabarhub

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनर्निर्माण र व्यवस्थित गरिएको हो ।

एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा पाँच लाख बजेट विनियोजन गरेको उक्त पदमार्ग निर्माणका लागि उपभोक्ताले ३६ हजारबराबरको श्रमदान गरेका छन् ।

दुई दशकअघि सडकको मार्ग खुलेपछि विस्थापित बनेको पदमार्ग पछिल्लो समय पहिरोका कारण छियाछिया हुँदा विषेश गरेर घाटमा शव ल्याएर आउन मलामीलाई असहज भएको थियो ।

भिरालो र अप्ठ्यारो ठाउँमा पदमार्ग तथा रेलिङ बनेपछि सहज र सुरक्षित रूपमा यात्रा गर्न पाएका बगैँचाका बासिन्दा नारायण सुवेदीले बताए ।

म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जिल्लाकै ठूलो बस्तीका बासिन्दाले प्रयोग गर्ने पदमार्गलाई व्यवस्थित गर्ने कार्यलाई पूर्णता दिन आगामी वर्षको वार्षिक योजनामा समावेश गरी बजेट विनियोजन गराउन पहल गरिने बताए ।
 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ९ : १९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग