मनाङमा बाढी पहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु « Khabarhub

मनाङमा बाढी पहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङको नासों गाउँपालिका-१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ ।

सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गरेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख उपलब्ध गराइसकेको बताए ।

सम्बन्धित वडा कार्यालयबाट सम्झौता गरी घर बनाउन नेपाल सरकारबाट किस्तावन्दीमा ५ लाख र जग्गा नहुनेलाई गाउँपालिकाको सिफारिसमा थप ३ लाख उपलब्ध गराइने प्रजिअ आचार्यको भनाइ छ । उनका अनुसार सम्बन्धित घर मुलीसँग यथाशीघ्र घर बनाउने सम्झौता गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउन मनाङको नार्पाभूमी गाउँपालिका, ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नासों गाउँपालिकालाई पत्र समेत पठाइएको छ । मनाङमा क्षति पुगेका ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिसकेको छ ।

आचार्यले नासों गाउँपालिकाको ३९ घरपरिवार, चामे गाउँपालिकाको ९ घरपरिवार, नार्पाभुमी गाउँपालिकाको ७ घरपरिवार र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको छ । मनाङमा पुनर्निर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउने प्रजिअ आचार्यले बताए ।

प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको छ । प्रदेश विपद् व्यवस्थापन नियमावली अनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको हो। नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङले सिरानतालको ७ घरसहित तालको ६० वटा घर डुबानमा परेको बताए। गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढी पहिरोले क्षति पुगेको छ। यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : ३० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट