नुवाकोट र रसुवाका भेडाबाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाइँदै « Khabarhub

नुवाकोट र रसुवाका भेडाबाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाइँदै


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो ।

खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा खोप लगाउने प्राविधिक छनोट गरेर अभिमुखीकरणपश्चात् खोपसहितको आवश्यक सहायता सामग्री उपलब्ध गराइसकेको विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा सुलोचना श्रेष्ठले जानकारी दिए ।

नुवाकोटका लागि दुई लाख २० हजार डोज र रसुवाका लागि २९ हजार डोज खोपसहित प्राविधिकलाई कार्य क्षेत्र तोकेर पठाइएको छ । सप्ताहव्यापी अभियानलाई स्थानीय तहले आफ्नै कार्यक्रमका रुपमा सफल बनाउनका लागि सहयोग पुर्‍याउन अनुरोध गरिएको छ ।

पिपिआर भेडाबाख्रामा लाग्ने घातक सङ्क्रामक रोग हो । यसबाट सुरक्षित बनाउन निःशुल्क उपलब्ध गराइएको खोप कार्यक्रममा आफ्ना भेडाबाख्रालाई टोल तथा गाउँगाउँमा तोकिएको खोप केन्द्रसम्म लगेर लाभ लिन विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले आग्रह गरे। भेडाबाख्रामा हैजाको रुपमा परिचित पिपिआर रोग नेपालका सबै जिल्ला र बस्तीसम्म फैलिसकेको छ । यसको न्यूनीकरण गर्न खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

‘रोगबाट बचाउन सबैभन्दा बढी सुरक्षित खोप लगाउनुमा उत्तम छ’, पाण्डेले भने, ‘जन्मेदेखि तीन महिना पूरा नभएका पाठापाठी, गर्भाधानको समयको सुरुको एक महिना र अन्तिमको दुई महिना बाँकी रहेकाबाहेक सबै भेडाबाख्रालाई खोप लगाउन सकिने छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्ताहव्यापी रुपमा प्रदेशभित्रको सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-७७ मा बागमती प्रदेशमा ९३ हजार ६३९ भेडा र २३ लाख ५१ हजार बाख्रा रहेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : ४५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट