दक्षिण कोरियामा कोस्कः मास्क नै नलगाउनुभन्दा नाक मात्रै ढाके पनि राम्रो « Khabarhub

दक्षिण कोरियामा कोस्कः मास्क नै नलगाउनुभन्दा नाक मात्रै ढाके पनि राम्रो


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियामा पछिल्लो पटक अनौठो मास्क चलनमा आएको छ, जुन परम्परागत फेस मास्कभन्दा बिलकुल फरक छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई कोस्क नाम दिइएको छ । ‘को’ र मास्कलाई जोडेर कोस्क नाम दिइएको हो । कोरियाली भाषामा कोको अर्थ नाक भन्ने बुझिन्छ । दक्षिण कोरियाली कम्पनी अटमानले बिक्री गरेको सो अस्वभाविक मास्कमा लगाउने मानिसको मुख नढाक्ने गरी बनाइएको छ ।

खानेकुरा खाँदा कोभिडविरुद्ध कुनै तहबाट जोगिने उदेश्यले सो मास्क डिजाइन गरिएको देखिन्छ । नयाँ मास्क (कोस्क) जुनसुकै बेला नाक मात्र छोपेर लगाउन सकिन्छ । दक्षिण कोरियामा मात्र उपलब्ध हुने र नाक मात्र ढाक्ने कोस्कको अस्वभाविक लहरले पश्चिमा देशहरुमा एक खालको विवाद ल्याएको छ । कसैले यसलाई काम नलाग्ने सामान भनेका छन् ।

‘नाकमुनि मास्क लगाउने मानिसका लागि यो मास्क भिन्न देखिदैंन,’ एक जना ट्विटर प्रयोगकर्ताले कोस्कबारे टिप्पणी गर्दै लेखेका छन् ।

अर्का एक प्रयोगकर्ताले ‘अर्को तहको मूर्खता,’ भन्दै टिप्पणी गरेका छन् । अध्ययनहरुले यो पनि देखाएका छन् की नाक हाम्रो शरीरमा कोभिड भाइरस प्रवेश गर्ने सबैभन्दा सजिलो मार्ग हो । र, केही स्वास्थ्य विज्ञहरुको यो पनि विश्वास छ की मास्क नै नलगाउनु भन्दा नाक मात्र ढाक्ने मास्क लगाउनु उचित हुन्छ ।

‘सम्भवत यसले सामान्य भिन्नता राख्छ,’ डिकिन्स इन्स्टिच्युट फर हेल्थ ट्रान्सफर्मेसनका प्राध्यापक क्याथरिन बेन्नेटले भने । मास्क बनाउने तरिका अनौठो भएको उनले टिप्प्णी गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १२ : ४५ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको