झगडापछि अपहरण र हत्या, ११ वर्षपछि आरोपी अदालतमा | Khabarhub Khabarhub

झगडापछि अपहरण र हत्या, ११ वर्षपछि आरोपी अदालतमा


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ माघ २०६७ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढा बेपत्ता भए । उनी एक्कासी बेपत्तापछि खोजतलास भयो । घरपरिवारका सदस्यदेखि स्थानीय र प्रहरीसमेत खोजीमा जुटे । तर फेला परेनन् । तर, सोही क्रममा खुल्यो– बुढा अपहरणमा परेको भन्ने ।

प्रहरीको शंकाको घेरामा परे स्थानीय केही युवा । त्यसमध्येका हुन्– सौभाग्य मल्ल, प्रशन्न मल्ल, कृष्ण थापा, सरोज गोले र दिनेश शाही । उनीहरू गाउँबाट फरार थिए । प्रहरी एकातिर फरार भएकाहरू र अर्कातिर अपहरणमा परेका हिमालको खोजीमा सक्रिय भयो । अन्नतः ११ दिनपछि १४ माघ २०६७ मा हिमालको शव जिल्लाकै कोहलपुर नगरपालिका–२ मा सडेगलेको अवस्थामा फेला प¥यो ।

उनको शव परीक्षण भयो । बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार शव परीक्षण प्रतिवेदनमा हिमालको मृत्युको कारण घाँटीमा डोरीले कसिँदा श्वासप्रस्वास अवरुद्ध हुँदा उल्लेख थियो ।

डीएसपी न्यौपाने थप्छन्, ‘अनुसन्धानको क्रममा हिमालको अपहरण झगडा कारण भएको पनि खुल्यो ।’ यसपछि प्रहरीले घटनामा आशंकितहरूको खोजी गर्ने क्रममा प्रशन्न पक्राउ परे । उनी नेपालगञ्ज नगरपालिका–१७ का हुन् । आशंकितमध्येका कृष्ण थापा पनि पक्राउ परे ।

सौभाग्य, सरोज र दिनेश भने फरार नै थिए । तर, सौभाग्य भने शुक्रबार गोरखाबाट परे । उनलाई आइतबार जिल्ला अदालत बाँकेमा प्रहरीले पेश गरेको छ । डिएसपी न्यौपानेले सौभाग्यविरुद्ध अपहरण र कर्तव्य ज्यानसम्बन्धी मुद्दा अदालतमा दर्ता रहेको बताए । अब थुनछेक बहस हुने न्यौपानेको भनाइ छ ।

यसअघि सोही मुद्दामा दोषी ठहरिएपछि जिल्ला अदालत दैलेखबाट १० वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका छन् । कसूर गरेको ठहर नभएपछि कृष्ण भने हाजिरी जमानीमा छुटेका छन् ।

दिनेश र सराज भने अझै फरार छन् । उनीहरूको ठेगानासमेत प्रहरीलाई थाहा छैन । ठेगाना नै थाहा नभएपछि प्रहरीलाई उनीहरूको तीन पुस्ते थाहा हुने कुरै भएन । जसले उनीहरूको खोजीमा प्रहरीलाई सकस परेको छ । ‘घटनापछि नै सरोज र दिनेशको पनि हामीले खोजी गरेका हौँ । तर, उनीहरूको ठेगाना खुलेको छैन । त्यसो हुँदा तीन पुस्ते खुल्ने कुरै भएन,’ डीएसपी न्यौपानेले भने, ‘सोहीकारण हामीले उनीहरूलाई फेला पार्न सकेका छैनौँ ।’

अपहरणसम्बन्धी अधिकांश घटनामा फिरौती माग्ने हुन्छ । तर, हिमालको अपहरणपछि हत्या भएको घटनामा भने फिरौती पनि नमागेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १ : २९ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय