अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने « Khabarhub

अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने भएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले फारसको खाडी क्षेत्रमा इरानी आक्रमणको प्रतिकार गर्न लामो दूरीका जासुसी जहाज र आकासबाट आकासमा प्रहार गर्ने क्षेप्यास्त्रहरू पठाउने घोषणा गरेका हुन् ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मध्यपूर्वमा द्वन्द्व सुरु भएको एक हप्ता मात्र भएपनि इरानको जवाफी आक्रमणको दायरा बढ्दै गएको बताए । साइप्रसदेखि फारसको खाडीसम्मका १२ वटा देशहरू अहिले पनि आक्रमणको निशानामा परिरहेको उनको भनाइ छ ।

उनका अनुसार चार हप्ताका लागि खाडी क्षेत्रको आकाश सुरक्षित राख्न र क्षेत्रीय ‘सामूहिक आत्मरक्षा’ मा सहयोग पुर्‍याउन ‘ई७ए वेजटेल’ निगरानी विमान र आवश्यक सैन्य कर्मचारीहरू परिचालन गरिनेछ । अस्ट्रेलियाले संयुक्त अरब इमिरेट्स यूएईलाई मध्यम दुरीका अत्याधुनिक एयर-टु-एयर मिसाइलहरू समेत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री अल्बानिजले मध्यपूर्वमा बसोबास गर्ने करिब १ लाख १५ हजार अस्ट्रेलियन नागरिकको सुरक्षालाई दृष्टिगत गर्दै सो क्षेत्रमा सैन्य परिचालन गर्न लागिएको जनाएका छन् । यूएईमा मात्रै २४ हजार अस्ट्रेलियन नागरिक छन् ।

यद्यपि, यो कदम पूर्ण रूपमा रक्षात्मक मात्र रहेको र अस्ट्रेलियाले इरानविरुद्ध कुनै आक्रामक कारबाही नगर्ने तथा त्यहाँ स्थल सेना पनि नपठाउने उनले प्रष्ट पारेका छन् । गत हप्तादेखि हालसम्म करिब २,६०० अस्ट्रेलियालीले सो क्षेत्र छाडिसकेका छन् भने बाँकी रहेकाहरूलाई उद्धार गर्न अझै केही चुनौतीहरू कायमै रहेको अल्बानिजले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १ : ३६ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने