निरन्तर उडान अवरुद्ध « Khabarhub

निरन्तर उडान अवरुद्ध


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङलिङ–ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो ।

यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले बताए । लिम्बूका अनुसार गएको शुक्रबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो ।

आजको उडान अवरुद्ध बनेपछि काठमाडौँका लागि टिकट बुकिङ गरेका १४ यात्रु रोकिएका छन् । काठमाडौँदेखि ताप्लेजुङ आउनलागेका १२ यात्रु पनि उतै रोकिएका स्टेशन इन्चार्ज लिम्बूले बताए ।

सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटकपटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  २ : ३० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका