दुईको हत्या अभियोगमा तामाङ पक्राउ « Khabarhub

दुईको हत्या अभियोगमा तामाङ पक्राउ


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ स्थित माथिल्लो चिम्लिङमा दुईजनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।

आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

गाउँमा हत्याको घटना भएलगत्तै तत्काल प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक, इलाका प्रहरी कार्यालय बाह्रविसेबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक सोधपुछमा तामाङले हत्या स्वीकार गरेको तथा स्थानीय व्यक्तिबाट सनाखत गराउँदा उनले नै घटना गराएको भन्ने खुल्न आएको सिन्धुपाल्चोकका सूचना अधिकारी बस्नेतले बताए ।

तामाङलाई पक्राउ गरिएको र घटनास्थल लास जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि अस्पतालमपठाइएको बस्नेतको भनाइ छ । तामाङविरुद्ध धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसूरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : १५ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना