डम्बरको सांगीतिक ‘किन यसरी’ | Khabarhub Khabarhub

डम्बरको सांगीतिक ‘किन यसरी’


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेप्सिनेको प्रस्तुतीमा नेपाली गीत ‘किन यसरी’को भिडियो रिलीज भएको छ । डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको यस गीतको भिडियोका निर्देशक विधान कार्की हुन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ ।

गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ । गायक खनाल हाल अमेरिका बस्दै आएका छन् । उनले हालसम्म ६ वटा गीतमा संगीत भरेका छन् । ति गीतहरु क्रमैसँग रिलीज गर्ने उनले बताए ।

‘म एक भुटानी समुदायको अमेरिकामा बस्दै आएको नेपाली हुँ । गीत संगीतमा सानैदेखिको रुचि थियो । यसअघि भुटानका गतिविधी समेटेर ‘नरोईदेउन मेरी आमा’ बोलको गीत रिलीज गरेको थिएँ । साथीहरुबाट नेपाली गीत संगीतमा केहि गर्न सक्छस् भनेर दिएको हिम्मतबाट यो गीत ‘किन यसरी’को जन्म भएको हो,’ खनालले भने ।

यो गीतको दोश्रो भाग पनि छिट्टै आउने बताईएको छ । भिडियोको अन्त्यमा पनि यसबारे जानकारी दिईएको छ । मनिषा पोखरेलले कला निर्देशन गरेको यस भिडियोका छायाँकार हरी हुमागाईँ हुन् भने बिकास दाहालले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : २० बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच