अष्ट्रेलियाले आउँदो फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने « Khabarhub

अष्ट्रेलियाले आउँदो फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–अष्ट्रेलियाले आफनो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी पर्यटकका लागि आउँदो फेब्रुअरी २१ देखि प्रवेशमा अनुमति दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।

यस्तै विदेशी विद्यार्थीलाई पनि प्रवेशमा अनुमति दिइने भएको छ । कोरोनाका कारण सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सिमामा प्रतिबन्ध लगाइएको थियो । कोरोनाको संक्रमण दर घट्दै गएको भन्दै पुन प्रवेश गराउन लागिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पूर्णमात्रा खोप लगाएका विदेशी नागरिकलाई सहजै प्रवेश गर्न दिइने प्रधानमन्त्री स्कट मोरिसनले बताए । यस्तै स्वास्थ्य अवस्थाका कारण खोप नलगाएका हकमा पनि प्रवेशमा छुट दिइने प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन् ।

तर उनीहरुले अनिवार्य केही दिनभने क्वारेन्टिन बस्नुपर्ने छ । कोरोना महामारी फैलिए यता कोरोनाका कारण २० लाख मानिस संक्रमित भइसकेका छन् भने कोरोनाका कारण अहिलेसम्म ४ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : ०० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला