‘कोरोनाबाट जोगिन चिकित्सकको सुझाव ख्याल गरौँ’ « Khabarhub

‘कोरोनाबाट जोगिन चिकित्सकको सुझाव ख्याल गरौँ’


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण्बाट जोगिन स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने तथा चिकित्सकको सुझाव ख्याल गर्नुपर्ने चिकित्सककै सुझाव छ । अहिले पोस्ट कोभिडका समस्या पनि देखिएकाले विशेष सतर्कता अपनाउन वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर मिलन खड्काको भनाइ छ । डाक्टर खड्कासँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।

धेरै जना कोराना लाग्नु भन्दा अगाडिको विषयलााई बढि चासो दिइरहेको देखिन्छ । कोरोना भईसकेपछि के के के कुरामा ध्यान दिनुपर्छ ?

कोरोना लागिसके पछि चिकित्सकको सल्लाह सुझावलाई ख्याल गर्नुपर्छ । कोभिड भइसकेपछि मुख्यतः खानपिनमा धेरै ध्यान दिनुपर्ने हुन्छ र स्वाथ्यको मापदण्डलाई पालना गर्नुपर्ने हुन्छ ।

निजी क्षेत्रमा बढी मूल्य तोकेर पोस्ट कोभिड जाँच गर्ने भन्ने प्रचार पनि बढेका छन् । यो कत्ति आवश्यक छ ?

पोष्ट कोभिड टेष्ट सबैलाई गर्नुपर्छ भन्ने हुदैन । पहिला कोभिड भएर आईसीयूमा बसेको, भेन्टिलेटरमा बसेर रिकर्भर भएको अथवा क्यान्सर, डाइलसिसको जस्ता बिरामीलाई टेष्ट गर्दा फाइदा नै हुन्छ । तर सामान्य लक्षण भएका बिरामीहरुले टेष्ट गरिराख्नु पर्ने जरुरत छैन । यसको सट्टा मुख्य रुपमा खानपिन र दैनिक शारीरिक व्यायम ध्यान दिए चाडै नै रिकर्भर हुन्छ ।

कोरोना संक्रमणबाट निको भईसकेपछि कस्ता समस्या आउँछन् ?

यसमा दुईवटा टर्म हुन्छ । एउटा पोष्ट कोभिड निको भइसकेपछि देखिने लक्षणहरु भयो । अर्को लङ टर्म कोभिड भन्ने हुन्छ जुन निको भएर तीन महिनापछि सम्म पनि लक्षण देखिन्छ । यसमा धेरै प्रकारका लक्षणहरु देखिन सक्छ तर विभिन्न अनुसन्धानले के देखाउछ भने बिरामीले २०० भन्दा बढि लक्षण बोकेर आएको हुन्छ । मुख्यतयः लक्षणहरु आलस्यपन, सर्ट नेचर ब्रेक, स्वास फेर्न गाह्रो हुने, मल्टी पेन , जोइन पेन ,खान खानु मन नलाग्ने , रिंगटा लाग्ने, मुटुको धड्कन बढ्ने, जस्ता लक्षणहरु बोकेर आएको हुन्छ ।

दीर्घरोगी र सामान्य मानिसमा सक्रंमण भएको कोभिडको लक्षण एउटै हुन्छ ?

लक्षण प्रायः एउटै हुन्छ तर साधारण व्यत्तिलाई भन्दा दीर्घरोगीमा लक्षण धेरै देखिने र निको हुन समय लाग्ने हुन्छ ।

युवा अवस्थामा कोरोना सक्रंमण भएपछि दीर्घकालिन असर गर्छ कि गर्दैन ?

कोभिड आएको २ बर्ष मात्र भएको हुँदा दीर्घकालिनरुपमा गर्ने असर अनुसन्धानकै विषय हो । तर कोभिड संक्रमण भएर ८०/९० प्रतिशत फोक्सोमा असर भएको जस्ता बिरामीलाई केही वर्षसम्म देख्न सक्छ तर युवा अवस्थामा कोभिड लागेर निको भएर पछि असर गर्छ नै भन्ने हुदैन तर कतिपयको रोगप्रतिरोधात्मक क्षमताले पनि फरक पर्न सक्छ ।

हामीले खानपानमा के के कुरामा ध्यान दिनुपर्छ ?

हामीले मुख्यतयः तीन प्रकारमा छुट्याउन सकिन्छ ।

१ इन्फ्रमेसन– जसले शरीरमा भाइरस प्रवेश गरी सकेपछि एक प्रकारको प्रतिक्रिया दिन्छ । जसलाई इन्फ्रमेसन भन्छौ । इन्फ्रमेसन सम्पूर्ण अङ्गहरुमा हुन सक्छ त्यस्तो बेला हामीले इन्फ्रमेसन घटाउने खान खानुपर्छ ।

२ एनर्जी विल्डङ– शरीरमा शक्ति बद्र्धक खाना खानुपर्छ ।

३ इम्युन बुस्टर– जसले रोग सगँ लड्ने प्रतिरोधत्मक शक्तिलाई बृद्धि गर्छ ।

हामीले यी तीन चीजहरु बढि ख्याल गर्नपर्छ । त्यसैगरी प्रोटिनयुक्त खान, फ्याटयुक्त खानहरुलाई बढि ध्यान दिनुपर्छ । शरीर दुब्लो हुने, आलस्यपन भएका ध्यान दिन नसक्ने समस्या भएकाले प्रोटिनयुक्त खानलाई ध्यान दिनुपर्छ ।

प्रोटिनयुक्त खानमा शाकाहारी भए दाल, चना, राज्म पनिर त्यस्तै मासंहारी भए चिकेन हप्तामा २/३ पटक १५०/२०० ग्राम मिलाएर खानुपर्छ । त्यस्तैगरी फ्याटले शरीरमा ईन्फ्रमेसन घटाउने काम गर्दछ । फ्याट युक्त खानमा घिउ, पिनट, तेलयुक्त खानाहरु खानुपर्दछ ।

कार्बोहाइडेडले शरीरमा शक्ति दिने गर्छ तर यो कोभिड लागेको बेला कार्बोहाईडेड कम मात्रमा खानुपर्ने हुँदा कार्बोहाइडेड भएका खानाहरु कम मात्रमा खानुपर्छ । पानी धेरै मात्रमा पिउने, अनारको जुस पिउने, हरियो सागपात खाने र रातो मासु, क्यान फुडहरु नखाने । एसिडिक फुडहरु जसले शरीरमा इन्फ्रमेसन बढाउछ यस्ता खालका खानहरु सकेसम्म नखाने र अल्कलाइन फुडहरु यस्तो बेला खाँदा उत्तम हुन्छ ।

कोरोना संक्रमणबाट निको भएपछि पनि ध्यान दिनुपर्ने कुरा केही छ ?

एकपटक कोरोना संक्रमणबाट निको भएपछि फेरि लाग्दैन भन्न सकिदैन त्यसकारण माक्स, स्यानिटाईजर अनिवार्य रुपमा प्रयोग गर्ने र शरीरलाई असर गर्ने मदिरा, धुम्रापन जस्ता पदार्थ नखाने । स्वस्थ्यकर खानाहरु खाने जस्ले शरीरमा रोगप्रतिरोधात्मक क्षमताको वृद्धि हुन्छ ।

प्रस्तुतिः पासाङ लामा

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : ३० बजे

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा

तनहुँ– स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन