आज २०७८ साल फागुन २३ गते सोमबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन २३ गते सोमबारको राशिफल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन २३ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन २३ गते सोमबार

मेष : दिन सामान्य छ। सम्पत्ति संरक्षणमा जुट्नुहोला। आफन्तको सहयोग मिल्नेछ। धार्मिक, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। आज गरेको श्रम लगानीबाट सकारात्मक प्रभाव पर्नेछ। पठनपाठनमा आलश्य बढ्नेछ। पारिवारिक सम्बन्धमा धोका हुनेछ।

वृष : दिन सामान्य छ। आफ्नो बोली सम्हाल्नुहोला नत्र साथीभाइ टाढा हुनेछन्। पारिवारिक, सामाजिक, आर्थिक क्षेत्र सामान्य छ। शिक्षाको क्षेत्रमा भने धेरै राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ। कर्म क्षेत्रमा भने सफलताको लागि संघर्ष गर्नुपर्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। वैदेशिक, सामाजिक, राजनीति क्षेत्र यथास्थ्तिीमा रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा मिल्नेछ।

कर्कट : दिन सामान्य छ। ठूला योजना नबनाएको राम्रो। माता पिता हुनुहुन्छ भने बिहानै आशिर्वाद लिनुहोला। मिठो बोली प्रयोग गर्नुहोला। दक्षिणतिरको यात्रा नगर्नुहोला। अरु दैनिकी यथास्थिती रहनेछन्।

सिंह : दिन धेरै राम्रो छ। काममा सफलता मिल्नेछ। ठूला योजना बनाउन सक्नुहुनेछ। सामाजिक, राजनीति, वैदेशिक क्षेत्रमा समेत राम्रो छ। प्रेममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। भूमी सम्बन्धी कारोबारमा सफलता मिल्नेछ। प्रेममा भने धोका पाउने सम्भावना छ।

तुला : दिन राम्रो छ। परिवारबाट राम्रो सल्लाह पाइनेछ। राजनीति, सामाजिक, वैदेशिक क्षेत्र यथास्थितीमा छ। शैक्षिक क्षेत्रमा भने धेरै राम्रो छ। अध्ययन अध्यापनमा ठूलो प्रगति हुनेछ। परिवारमा भने सन्तोष रहेको छ।

वृश्चिक : दिन राम्रो छैन। काममा अवरोध हुनेछ। मानसम्मान र प्रशंसाबाट बन्चित हुने योग रहेको छ। वैदेशिक क्षेत्रमा भने राम्रो फल पाइएला। आज गरेको श्रम लगानीमा उत्साहजनक फल पाइनेछ। आफन्तबाटै सचेत हुनेपर्नेछ।

धनु : दिन सामान्य राम्रो छ। आफ्ना प्रभावले गर्दा प्रतिस्पर्धी निस्तेज हुनेछन्। ग्रहले राम्रो साथ दिएको छ, केही फरक योजना बनाउनुभयो भने सफलता मिल्नेछ। राजनीतिमा आफ्नो तर्कले सार्थकता पाउनेछ।

मकर : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। राजनीति र सामाजिक क्षेत्रमा संगठन संगठन बलियो छ। प्रेममा धोका मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। प्रेममा नयाँ सम्बन्ध बन्नेछ। खर्च बढ्नेछ।

मिन : दिन सामान्य राम्रो छ। आम्दानीको पाटो राम्रो छ। राजनीति, सामाजिक क्षेत्रमा यथावत रहे पनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट निकै राम्रो नतिजा आउनेछ। प्रेममा सफलता मिल्नेछ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : १६ बजे

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले