गोलभेँडा, साग र दूध धेरै भएर फ्याँक्ने अवस्था आए के गर्ने ? « Khabarhub

गोलभेँडा, साग र दूध धेरै भएर फ्याँक्ने अवस्था आए के गर्ने ?


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै फलफूल किनेर राख्दा कैयौँ पटक सेवन गर्न नपाइ ती फलहरू कुहिएर वा सुकेर नष्ट हुन्छन् । फल भण्डार गरेर वा वासी राखेर खानु लाभदायक हुँदैन । त्यसैले त्यति नै फल खरिद गर्नु पर्दछ जति आवश्यक होस् । तथापि सेवन गर्न नपाइ फल कुहिए के गर्ने ?

यदि फल सेवन गर्न नपाई खराब हुन लाग्यो भने डस्बिनमा फ्याँक्ने भन्दा त्यसलाई कुनै ड्रिङ्क, जाम वा जेली बनाएर राख्न सकिन्छ । यसलाई ब्रेड, रोटीमा लगाएर सेवन गर्न पनि सकिन्छ । तर गोलभेँडा, बासी तरकारी र दूध खेर जान नदिन के गर्ने त ?

गोलभेँडा
गोलभेँडा भान्सामा दिनहुँ प्रयोग हुन्छ । तर, गोलभेँडा भने क्रमशः खराब हुँदै जान्छ । त्यसैले गोलभेँडा प्रयोग गरी नसक्दै विग्रने अवस्था आयो भने त्यसलाई सुप बनाएर पिउन सकिन्छ । वा अचार बनाएर राख्न पनि सकिन्छ ।

बासी तरकारी
धेरैमा सागसब्जी आवश्यकता भन्दा बढी खरिद गर्ने र भण्डारण गर्ने बानी छ । तर सागसब्जी एकै पटक धेरै खरिद गरेर राख्नु भन्दा ताजा खरिद गरी पकाउनु राम्रो हुन्छ । ताजा सागसब्जीमा पाइने जति मिनरल्स र खनिज बासीमा पाइँदैन । यस्तोमा साग बासी भयो भने त्यसलाई घाममा ओइलाएर बोतलमा खदिँलो बनाउने । पछि त्यसको अमिलो बास्ना आउन थालेपछि पुन घाममा सुकाएर गुन्द्रक बनाउन सकिन्छ । मुला, गाजरलाई अचार बनाउन सकिन्छ ।

दूध
यदि दूध वासी भयो वा धेरै भएको अवस्थामा त्यसलाई दही बनाउन सकिन्छ । दूध फाट्यो भने त्यसलाई कागतीको रस चुहाएर फेरी उमाल्ने छोक्रा र पानी छुट्याएर पनिर बनाउन सकिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ०७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको