एनएमबी बैंकको १०‍औं विस्तारीत काउण्टर मोरङ्गको बेलबारीमा « Khabarhub

एनएमबी बैंकको १०‍औं विस्तारीत काउण्टर मोरङ्गको बेलबारीमा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ्ग-  एनएमबी बैंकले सेवाग्राहीहरुको सहजहताको लागि  मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।

विस्तारीत काउण्टर शुभारम्भ कार्यक्रममा नेपाल सरकार भूमीव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल सरकार भूमी व्यवस्थापन तथाअभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत  सुनिल के.सि.को विशेष आतिथ्यता रहेको थियो । साथै  एनएमबि बैंक लि. प्रदेश नं. १ का प्रमुख  उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ  मालपोत कार्यालय  काउण्टरको  उद्घाटन गरेको थियो । 

उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ०३ का अध्यक्ष  योगेन्द्र सुवेदी, एनएमबी बैंकका प्रमुख व्यवसाय अधिकृत  गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारीत काउण्टरका प्रमुख  भानुभक्त न्यौपाने, भूमी सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख  लोबहादुर भण्डारी, लगायत लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष  गोविन्द फुयाल अतिथीको रुपमा रहेका थिए । 

 बैंकका प्रमुख कार्यकारी अधिकृत के.सि.ले सरकार–निजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवाप्रदानगर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव मालपोत कार्यलय बेलबारीमा नगद रहित सेवालिन हुन पनि सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई अनुरोध गरेका छन् । 

एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो ।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफ दिइयर नेपाल’प्राप्त गरि सकेको छ ।  

एनएमबी बैंकले यस लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।  

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : ५८ बजे

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको