राप्रपा नेपालको गोरखा जिल्ला अध्यक्षमा बस्नेत, महोत्तरीमा गौतम  « Khabarhub

राप्रपा नेपालको गोरखा जिल्ला अध्यक्षमा बस्नेत, महोत्तरीमा गौतम 


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गोरखा र महोत्तरी जिल्लाको नेतृत्व टुंग्याएको छ।

राप्रपा नेपालनिकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुलबहादुर बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिति गठन भएको छ ।

त्यसै गरी महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । गौतमको अध्यक्षतामा ५३ सदस्यीय समिति गठन भएको हो ।

जनवर्गीय संगठनहरुमा युवक र विद्यार्थीको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवारले प्राप्त गरेका छन् । भोलि (मंगलबार) महिला संगठन केन्द्रीय समिति घोषणा सभा र २८ गते राष्ट्रिय युवा मोर्चाको घोषणा हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

कमल थापा नेतृत्वको राप्रपा नेपाल ब्युँतिएसँगै जनवर्गीयसहित संगठन विस्तारलाई तीव्रता दिइएको छ । त्यसैअनुसार हाल जिल्ला समितिहरू धमाधम गठन भइरहेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १ : ०५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका