राप्रपा नेपालको गोरखा जिल्ला अध्यक्षमा बस्नेत, महोत्तरीमा गौतम  « Khabarhub

राप्रपा नेपालको गोरखा जिल्ला अध्यक्षमा बस्नेत, महोत्तरीमा गौतम 


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गोरखा र महोत्तरी जिल्लाको नेतृत्व टुंग्याएको छ।

राप्रपा नेपालनिकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुलबहादुर बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिति गठन भएको छ ।

त्यसै गरी महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । गौतमको अध्यक्षतामा ५३ सदस्यीय समिति गठन भएको हो ।

जनवर्गीय संगठनहरुमा युवक र विद्यार्थीको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवारले प्राप्त गरेका छन् । भोलि (मंगलबार) महिला संगठन केन्द्रीय समिति घोषणा सभा र २८ गते राष्ट्रिय युवा मोर्चाको घोषणा हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

कमल थापा नेतृत्वको राप्रपा नेपाल ब्युँतिएसँगै जनवर्गीयसहित संगठन विस्तारलाई तीव्रता दिइएको छ । त्यसैअनुसार हाल जिल्ला समितिहरू धमाधम गठन भइरहेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १ : ०५ बजे

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र