ललितपुरको नल्लुमा एकै घरका पाँचजना मृत फेला « Khabarhub

ललितपुरको नल्लुमा एकै घरका पाँचजना मृत फेला


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका पाँचजना मृत फेला परेका छन् ।

उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए । एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु छन्।

दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको र घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ । सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : ४७ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका