राजनीति

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

By खबरहब

March 07, 2022

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । आइतबार बैठक बस्न सकेको थिएन ।