बार एशोसिएशन चुनावः अध्यक्षमा घिमिरे र अधिकारीले उम्मेदवारी दिने « Khabarhub

बार एशोसिएशन चुनावः अध्यक्षमा घिमिरे र अधिकारीले उम्मेदवारी दिने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको चुनावमा सत्तारुढ गठबन्धन र एमालेनिकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सत्ता गठबन्धनले काँग्रेसनिकट गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धका नेताहरूको बैठकले घिमिरेको नाममा सहमति जुटाएको हो । काँग्रेसनिकट कानुन व्यवसायीको संगठन डीएलएका पूर्वअध्यक्ष घिमिरे काँग्रेसको निर्वाचन समितिका संयोजकसमेत हुन् ।

एमालेनिकट कानुन व्यवसायी संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ । पीपीएलएले अध्यक्षसहितको प्यानल घोषणा गरेको हो ।

जसमा उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिने तय भएको छ ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् ।

चैत १९ मा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ । बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ३७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने