दक्षिण कोरियाले रुससँग बैंकिङ कारोबार बन्द गर्ने | Khabarhub Khabarhub

दक्षिण कोरियाले रुससँग बैंकिङ कारोबार बन्द गर्ने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाले रुसको केन्द्रीय बैंकसँग बैंकिङ कारोबार बन्द गर्ने घोषणा गरेको छ । दक्षिण कोरियाको अर्थ मन्त्रालयले मंगलबारबाट लागू हुनेगरी रुसको केन्द्रीय बैंकसँग कारोबार नगर्ने घोषणा गरेको हो ।

यससँगै रुसले दक्षिण कोरियाली मुद्रा ‘वन’ मा रहेको रुसी सम्पत्ति रोक्का गर्ने र रुसी केन्द्रीय बैंकसँग कारोबार बन्द गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । यसअघि अमेरिका र युरोपेली युनियन इयूले पनि रुसविरुद्ध यस्तै आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका थिए ।

यसबाहेक दक्षिण कोरियाले रुसको महत्वपूर्ण सार्वभौम सम्पत्ति कोष, ‘रुसी महासङ्घको राष्ट्रिय सम्पत्ति कोष’ र रुसको प्रत्यक्ष लगानी कोष एवम् रोशिया बैंकसँग कुनै पनि दक्षिण कोरियाली कम्पनीले कारोबार गर्न नपाउने व्यवस्था लागू गरेको जनाइएको छ ।

पश्चिमी छिमेकी मुलुक युक्रेनमाथि सैनिक आक्रमण थालेयता रुसमा पश्चिमा मुलुकहरुसहित विश्वभरबाट आर्थिक प्रतिबन्धहरु लाग्दै आएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ४८ बजे

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

काठमाडौं– एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ

जसपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं– अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार

पर्वतका ९१ साना उद्योग बन्द

पर्वत– कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग