विद्यार्थीलाई पढ्ने वातावरण बनाउन नोबेल मेडिकललाई समितिको निर्देशन « Khabarhub

विद्यार्थीलाई पढ्ने वातावरण बनाउन नोबेल मेडिकललाई समितिको निर्देशन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विराटनगरस्थित नोबेल मेडिकल कलेजका अनशनरत विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले तीन महिना पढाइ छुटेका विद्यार्थीका लागि पुनः कक्षा सञ्चालन गर्न कलेजलाई निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले कलेजले छात्रावास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताइन् । उनले तत्काल चिकित्सा शिक्षा आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

घर्तीले मेडिकल कलेजले कानुनले तोकेकोभन्दा बढी नै शुल्क लिने गरे तापनि नियन्त्रण गर्न कठिनाइ भएको बताइन् ।

बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

उनले कलेजको एमबीबीएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्ने जस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए । उनले आगामी बोर्ड बैठकले कारबाहीबारे निर्णय गर्ने धारणा राखे ।

त्यस्तै, समिति सदस्य जीवनराम श्रेष्ठले मानसिक त्रास नहुने गरी पढ्ने वातावरण बनाउनुपर्ने र गलत काम गर्ने कलेजलाई कारबाही हुनुपर्ने बताए । त्यस्तै सांसद नविना लामाले विद्यार्थीको समस्याबारे आयोग संवेदनशील हुनुपर्ने धारणा राखिन् ।

कलेजमा अध्ययनरत १० विद्यार्थीले समितिमा कलेजले आफूहरूसँग अतिरिक्त शुल्क मागेको र नदिएपछि तीन महिनादेखि पठनपाठन गर्न नदिएको भन्दै उजुरी दिएका दिए । आयोगले उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार रुर्पयाँ तोकेको छ । तर आयोगले तोकेभन्दा बढी शुल्क लिएको कलेजमाथि आरोप छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : १९ बजे

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको