दुई दिनमा (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने सेबोन अध्यक्षको चेतावनी « Khabarhub

दुई दिनमा (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने सेबोन अध्यक्षको चेतावनी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हमालले सेयर कारोबार तोकिएको समयभित्र सेटलमेन्ट नभए तत्काल कारवाही गर्ने चेतावनी दिएका हुन् ।

उनले अब साना लगानीकर्ता ठगिने अवस्था आउनु नहुने भन्दै लगानीकर्ताले दिएको रकम ब्रोकरले अन्तै लगानी गर्न नहुने पनि स्पष्ट पारे।

हमालले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अन्तराष्ट्रिय अभ्यास रहेको भन्दै नेपालमा पनि यसलाई प्रभावकारी कार्यान्वयन गर्ने बताए । हमालले आफूहरुले लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउने जानकारी दिए। पत्रकार सम्मेलनमा उनले आफ्नो लामो अनुभवका आधारमा धितोपत्र बजारको विकास र विस्तारमा आफ्नो कार्यकाल सफल बनाउने आश्वासन दिए।

आफु बोर्डमा सेटिङ्गमा आएको भन्ने व्यक्तिहरुको पछाडि आफु नलाग्ने उनले बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ४९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने