युक्रेनमा ११ हजार रुसी सैनिक मारिए « Khabarhub

युक्रेनमा ११ हजार रुसी सैनिक मारिए


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टर समेत खसालेको जनाएको छ ।

गत फेब्रुअरी २४ यता जारी रुसी सैनिक आक्रमणका क्रममा रुसका २८५ ट्याङ्क ध्वस्त पारिएको विभागको भनाइ छ ।

रुसी पक्षबाट युक्रेनले सार्वजनिक गरेको हताहतिको विवरणबारे कुनै प्रतिक्रिया आएको छैन । यसअघि रुसले केही दिनअघि युक्रेनमा जारी सैनिक कारवाहीमा आफ्ना ५ सय भन्दा कम सैनिक मारिएको जनाएको थियो ।

यद्यपि युद्धका क्रममा भएको हताहतिको अनुमान गर्न सहज नभएको सुरक्षा विश्लेषकहरूका उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५१ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान