ट्रोसा परियोजना समुदायलाई हस्तान्तरण « Khabarhub

ट्रोसा परियोजना समुदायलाई हस्तान्तरण


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- महाकाली नदी किनारका समुदायमा लागू गरिएको दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुपयोग, ‘ट्रोसा’ परियोजना स्थानीय सरकार तथा समुदायलाई हस्तान्तरण गरिएको छ ।

ट्रोसा परियोजना सम्बन्धमा धनगढीमा आयोजित दुईदिने कार्यशालामा सहभागी स्थानीय सरकारका प्रमुख तथा समुदायका प्रतिनिधिलाई परियोजना हस्तान्तरण गरिएको हो ।

दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला हुँदै बग्ने महाकाली नदी किनारमा बस्ने समुदायमा यो परियोजना पाँच वर्षअघिदेखि कार्यान्वयनमा ल्याइएको थियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक डा आरजु राणा देउवाले सीमा नदी महाकालीमा आयोग बनाएर काम गर्न जरुरी रहेको सुझाव दिइन् ।

उनले पाँच वर्षसम्म महाकाली नदी किनारमा बसोबास गर्ने समुदायका निम्ति काम गर्दा यहाँका स्थानीयमा उपलब्धि देखिएको धारणा व्यक्त्त गरिन्  ।

परियोजनाका राष्ट्रिय निर्देशक कृष्णकुमाल श्रेष्ठले परियोजनले सञ्चालन गरेका गतिविधिमार्फत नदी किनारमा बसोबास गर्ने समुदाय पानीमाथिको आफ्नो हकहित कसरी स्थापित गर्ने भन्ने विषयमा काम गर्न जागरुक भएको देखिएको बताए ।

महाकाली नदीमा वर्षेनी हुने बाढी डुबानका कारण हुने क्षति न्यूनीकरण गर्नमा समेत परियोजनामार्फत काम भएको छ । यसका लागि डडेलधुराको रङ्गुनमा रहेको महाकाली नदी भागमा पूर्वसूचना प्रणाली स्थापना गरिएको छ । नदीका कतिपय भागमा ‘र्‍याफ्टिङ’ जलयात्रासमेत सञ्चालन गर्ने गरिएको छ ।

जलयात्राका माध्यमबाट पर्यटन प्रवर्द्धन कसरी जोड्ने भन्ने विषयमा समेत सम्बन्धित पक्षसँग छलफल गरिएको पनि सो कार्यक्रममा जानकारी दिइएको थियो । यो परियोजनाले नेपालबाहेक भारत, वर्मा र बङ्गलादेशमा समेत काम गरिरहेको बताइएको छ । कार्यशालामा सरोकारवालाबीच परियोजनाका उपलब्धिको समीक्षासमेत भएको थियो ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : १० बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको