मधेश प्रदेश: कुष्ठराेग उन्मूलनका लागि विशेष अभियान चलाउने « Khabarhub

मधेश प्रदेश: कुष्ठराेग उन्मूलनका लागि विशेष अभियान चलाउने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारले कुष्ठराेग उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।

कुष्ठरोग उन्मूलनका लागि मधेश सरकारले जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या र अवस्थाका विषयमा खोजतालस गरी उपचारको व्यवस्थापन प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारका प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसका लागि सोमबार स्थानीय निकायका प्रमुख उपप्रमुख तथा सरोकारवाला निकायसँग अन्तर्क्रियासमेत गरेको छ ।

कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न धनुषामा तीन वर्षका लागि सुरु हुन लागेको कुष्ठरोगी पत्ता लगाउने अभियान सफल बनाउन पालिकाहरूको साथ तथा सक्रियता आवश्यक रहेको बताए थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले कुष्ठरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्न धनुषामा सञ्चालन हुने अभियान सफल बनाउन हरेक पालिकाले सहयोग गर्नुपर्ने बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठले कुष्ठरोगी पत्ता लगाउने तथा उनको सम्पर्कमा रहेकाहरूलाई औषधि खुवाउने अभियानले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुष्ठरोगको निवारणका लागि धनुषा जिल्लामा स्थानीय जनप्रतिनिधिहरूले बढी मेहनत गर्न आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिताकुमारी मिश्रले जनकपुरधाम कुष्ठरोगको दृष्टिकोणले उच्च जोखिममा रहेको बताउँदै कुष्ठरोगको निवारण अभियानमा उपमहानगरपालिकाले पूरा साथ दिने बताइन् ।

कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले स्थानीय सरकारको साथ तथा सहयोग बिना कुष्ठरोगको निवारण कठिन भएको बताउँदै यसका लागि जनप्रतिनिधिहरूको सहयोग आवश्यक भएको बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : ५१ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार