पाकिस्तानको सत्ता फेरबदलमा सैनिक ‘मूभ’ | Khabarhub Khabarhub

पाकिस्तानको सत्ता फेरबदलमा सैनिक ‘मूभ’

इमरानले ‘ब्रेक’ गर्न नसकेको राजनीतिक संकट



विपक्षीको चर्को आलोचनाबीच संसद्ले अविश्वासको प्रस्ताव खारेज गरिदिएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् भंग गरिदिएका छन्। योसँगै पाकिस्तानमा पुनः राजनीतिक संकट चुलिएको छ। अविश्वासको प्रस्ताव पारित गर्न विपक्षीसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री खानले एकतर्फी रुपमा संसद् भंग गरेपछि सबैको ध्यान पाकिस्तानी राजनीतिमा ‘पर्दा पछाडिको नायक’ मानिने सेनातर्फ सोझिएको छ।

पाकिस्तानको राजनीतिमा सेनालाई राज्यभित्रको राज्य वा संस्थापन भित्रको संस्थापन मानिन्छ। पाकिस्तानी सेना त्यहाँको राजनीतिमा नियमितजसो कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष रुपमा हावी हुँदै आएको छ।

अविश्वासको प्रस्ताव पारित गर्न विपक्षीसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री खानले एकतर्फी रुपमा संसद् भंग गरेपछि सबैको ध्यान पाकिस्तानी राजनीतिमा ‘पर्दा पछाडिको नायक’ मानिने सेनातर्फ सोझिएको छ।

सोही कारण त्यहाँको नागरिक सरकारले सेनाको चित्त बुझाउनु पर्ने कठिन परिपाटीको विकास भएको छ। पछिल्लो समय आएर धेरैले निकै महत्वकांक्षी स्वभावका बाजवालाई पाकिस्तानी राजनीतिमा हस्तक्षेप गर्ने गरेको व्यक्तिगत रुपमा नै आक्षेप लगाउने गरेका छन्। पाकिस्तानमा उत्पन्न पछिल्लो राजनीतिक संकटलाई पनि यसैको निरन्तरताका रुपमा हेरिएको छ।

कुनै समय खानले ‘सेनाले नै प्रधानमन्त्री बनाइदिएको’ भन्ने आरोप खेप्दै आएका थिए। तर, पछिल्लो समय प्रधानमन्त्री खान र सेना प्रमुख कमर जावेद वाजवाबीच गुप्तचर निकाय इन्टर सर्भिस इन्टिलिजेन्स (आईएसआई) का प्रमुखको नियुक्तिका विषयलाई लिएर खटपट उत्पन्न भएको थियो।

पाकिस्तानी सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने गत अक्टोबर महिनामा सेनाले सिफारिस गरेका नदिम अहमद अन्जुमलाई आईएसआईको प्रमुख नियुक्त गर्न तीन सातासम्म आनाकानी गरेपछि खानसँग सेना चिढिएको हो। अर्कोतर्फ सेनाले पत्याएको विश्वास गरिने खान नेतृत्वको सरकारले मुलुकको गिर्दो आर्थिक अवस्था एवम् सुरक्षा व्यवस्थालाई उचित तरिकाले व्यवस्थापन गर्न असफल बन्दै गएपछि सेनाले खानको साथ छाड्दै गएको टिप्पणी हुने गरेका छन्।

सेनाले पत्याएको विश्वास गरिने खान नेतृत्वको सरकारले मुलुकको गिर्दो आर्थिक अवस्था एवम् सुरक्षा व्यवस्थालाई उचित तरिकाले व्यवस्थापन गर्न असफल बन्दै गएपछि सेनाले खानको साथ छाड्दै गएको टिप्पणी हुने गरेका छन्।

राजनीतिक संकट चुलिएसँगै फेरि पाकिस्तानमा सेनाले केही गरिहाल्ने हो कि भन्ने धेरैले चासोपूर्वक हेरिरहेका छन्। अझ युक्रेनमाथि रुसी आक्रमणको भत्र्सना गरेपछि बाजवाले आफूलाई औपचारिक राजनीतिक भूमिकामा प्रवेश गराउन पश्चिमा मुलुकसँग नजिकिन खोजेको हो कि भन्ने पनि अर्काथरी विश्लेषकको मत छ। सेनाध्यक्ष बाजवाले रुसी आक्रमणको भत्र्सना गरे पनि त्यहाँको नागरिक सरकारले यस्तो बयान दिन आनाकानी गरिरहेको छ।

अर्कोतर्फ सन् १९४७ मा पाकिस्तान स्वतन्त्र भए यताका ७४ वर्षमा आधा भन्दा धेरै समय पाकिस्तानमा सैनिक तानाशाहले शासन सम्हालेका छन्। पाकिस्तानमा नागरिकबाट चुनिएको एउटा सरकारले नागरिकबाटै चुनिएको अर्को सरकारलाई पहिलो पटक सन् २०१३ अर्थात् केबल ९ वर्षअघि मात्रै शक्ति हस्तान्तरण गरेको थियो। पाकिस्तानमा सेनाले सत्ता हत्याएका धेरै उदाहरणहरु छन्। पाकिस्तानमा सन् १९५३, १९५८, १९७७ र १९९९ गरी चारपटक सत्तापलट भएको छ।

पाकिस्तानमा नागरिकबाट चुनिएको एउटा सरकारले नागरिकबाटै चुनिएको अर्को सरकारलाई पहिलो पटक सन् २०१३ अर्थात् केबल ९ वर्षअघि मात्रै शक्ति हस्तान्तरण गरेको थियो। पाकिस्तानमा सेनाले सत्ता हत्याएका धेरै उदाहरणहरु छन्।

सन् १९५३ को सत्ता पलट (गुलाम मुहम्मद)
सन् १९४८ मा स्वतन्त्रता पाएदेखि पाकिस्तानमा प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिइएको थियो। तत्कालीन गभर्नर जनरलले तत्कालीन बेलायती राजा जर्ज छैटौँबाट नियुक्ती लिनुपर्ने व्यवस्था थियो। यस्ता गभर्नर जनरलको भूमिका खासै थिएन। सन् १९५१ मा हत्या हुनु अघिसम्म कायदे मिल्लत लियाकत अली खान पाकिस्तानका प्रधानमन्त्री थिए। खानको हत्यापश्चात तत्कालीन गभर्नर जनरल ख्वाजा निजामुद्दिनले नयाँ प्रधानमन्त्रीको पद सम्हाले भने लियाकत मन्त्रिमण्डलमा अर्थमन्त्री रहेका गुलाम मुहम्मदलाई गभर्नर जनरल बनाइयो।

चरम राजनीतिक संकट, तत्कालीन पूर्वी पाकिस्तान हालको बंगलादेशमा भाषिक आन्दोलन र त्यसबेला उत्पन्न धार्मिक दंगाका कारण गभर्नर जनरल गुलाम मुहम्मदले आफूसँग निहीत अधिकारको दलिल दिँदै तत्कालीन सेनाप्रमुख ऐयूब खानलाई साथ लिएर ‘नियम कानून बहाल गर्न’ भन्दै सत्ता हत्याए। गुलाम मोहम्मदले सन् १९५३ मा प्रधानमन्त्री ख्वाजा निजामुद्दिनबाट सत्ता हत्याएसँगै यसले पाकिस्तानी भविष्यमा नियमितजसो हुने सत्ता पलटका लागि बाटो खुलेको टिप्पणी गरिन्छ।

गुलाम मोहम्मदले सन् १९५३ मा प्रधानमन्त्री ख्वाजा निजामुद्दिनबाट सत्ता हत्याएसँगै यसले पाकिस्तानी भविष्यमा नियमितजसो हुने सत्ता पलटका लागि बाटो खुलेको टिप्पणी गरिन्छ।

सन् १९५८ को सैनिक कू (ऐयूब खान)
खराब स्वास्थ्यका कारण गुलाम मुहम्मदले सन् १९५५ मा राजीनामा दिए। उनको स्थानमा गुलाम सरकारमा आन्तरिक मामिलामन्त्री रहेका बंगाली मूलका इस्कन्दर मिर्जाले गभर्नर जनरल र प्रथम कायम मुकायम राष्ट्रपतिको जिम्मेवारी सम्हाले। सन् १९५६ मा उनी पाकिस्तानका प्रथम निर्वाचित राष्ट्रपति बन्न पुगे।

सन् १९५८ मा पाकिस्तानमा नयाँ घटनाक्रम विकास हुनपुग्यो। त्यसबेला पाकिस्तानमा चुनाव हुनु थियो। अक्टोबर महिनाको सुरुआती दिनमा इस्करन्दर मिर्जाले मुलुकमा एकाएक सैनिक कानुन लागू गरे। यस्तो सैनिक शासन लागू गर्ने प्रमुख जिम्मा भने उनले अरु कसैलाई नभएर उनै सेनाप्रमुख ऐयूब खानलाई दिए।

आफूलाई सैनिक कानुन लागू गर्ने जिम्मेवारी दिएको तीन साता लगत्तै ऐयूब खानले स्कन्दर मिर्जाविरुद्ध नै सैन्य कू गरिदिए र आफूलाई राष्ट्रपति घोषित गरे। सन् १९६५ मा भएको निर्वाचनमा कायद ए आजम मोहम्मद अली जिन्नाहकी बहिनी फातिमा जिन्नाहलाई धाँधली गरी पराजित गरेपछि विस्तारै उनको अलोकप्रियता बढ्दै गइरहेको थियो। त्यही वर्ष भारतसँगको युद्धमा पाकिस्तान पराजित भयो। यसले गर्दा उनको छविमाथि नै नराम्रो धक्का लाग्न पुग्यो। मुलुकभर प्रदर्शनको आँधी बेहरी थेग्न नसकेर ऐयूब खानले सन् १९६९ मा राजीनामा दिन बाध्य भए। उनको स्थानमा तत्कालीन सेनाप्रमुख याहया खानले पाकिस्तानी सत्ता सम्हाले।

सन् १९७७ मा भएको चुनावमा प्रधानमन्त्री भुट्टोले धाँधली गरेको भन्दै उनीविरुद्ध तत्कालीन सेनापति जियाउल हकले कू गरिदिए। वामपन्थी भुट्टोलाई च्युत गरी जियाउल हक सत्तामा आएपछि पाकिस्तान, पाकिस्तानी राजनीति र पाकिस्तानको विदेश नीतिमा इस्लामिक कट्टरताले जरा गाडेको विश्वास गरिन्छ।

सन् १९७७ सैन्य कू (जियाउल हक)
सन् १९७१ मा बंगलादेशी स्वतन्त्रता संग्राममा भारतसँगको युद्धमा पराजित भएपछि याहया खानको सत्ता पनि टिक्न सकेन र उनी राजीनामा दिन बाध्य भए। त्यसपछि पाकिस्तानमा जुल्फिकर अली भुट्टो प्रधानमन्त्री बने। उनको प्रधानमन्त्रीकाल पनि लामो समय टिक्न सकेन। सन् १९७७ मा भएको चुनावमा प्रधानमन्त्री भुट्टोले धाँधली गरेको भन्दै उनीविरुद्ध तत्कालीन सेनापति जियाउल हकले कू गरिदिए। वामपन्थी भुट्टोलाई च्युत गरी जियाउल हक सत्तामा आएपछि पाकिस्तान, पाकिस्तानी राजनीति र पाकिस्तानको विदेश नीतिमा इस्लामिक कट्टरताले जरा गाडेको विश्वास गरिन्छ। उनकै शासनकालमा पाकिस्तानले अफगानिस्तानमा आक्रमणकारी सोभियत संघविरुद्ध मुजाहिद्दिन भनिने इस्लामिक लडाकुलाई सहयोग गरेको थियो।

गजबको कुरा त के छ भने कुनै समय उनै भुट्टोले हकलाई सेनापति बनाएका थिए। तर, भुट्टोलाई सत्ताच्युत गरेपछि भने हकको सैनिक सत्ताले भुट्टोलाई फाँसीको सजाय सुनाएको थियो। सन् १९८८ मा विमान दुर्घटनामा मारिनुअघिसम्म उनले ११ वर्ष पाकिस्तानमा सैनिक तानाशाहका रुपमा शासन चलाएका थिए।

कराँचीमा मुशर्रफ चढेको विमान अवतरण हुनासाथ पाकिस्तानी सेनाले शरिफको घर घेराउ गरी उनलाई नजरबन्दमा राख्यो। त्यसको दुई दिनपछि मुशर्रफले मुलुकमा सैनिक कानुन लागू भएको घोषणा गरे र आफूलाई प्रमुख कार्यकारीको दर्जा दिई पाकिस्तानमा सैनिक शासन सुरु गरे।

सन् १९९९ सैनिक कू (परभेज मुशर्रफ)
सन् १९९७ मा भएको आम निर्वाचनमा नवाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग पार्टीले संसदमा दुई तिहाई बहुमत ल्याई विजय भएको थियो। तर, सन् १९९९ मा पाकिस्तान फेरि एकपटक भारतसँग कारगिल युद्धमा पराजित भयो। युद्धमा पराजय व्यहोरेसँगै पाकिस्तानमा शरिफ नेतृत्वको नागरिक सरकार तथा सेनाप्रमुख परभेज मुशर्रफबीच खटपट उत्पन्न भएको थियो। यहीक्रममा १९९९ को अक्टोबर महिनामा शरिफले मुशर्रफ श्रीलंका भ्रमणमा गएको मौका छोपी एकाएक बर्खास्त गरेर आईएसआईका डाइरेक्टर जनरल लेफ्टिनेन्ट जनरल जियाउद्दिन बटलाई नयाँ सेनाप्रमुख नियुक्त गरे। लगत्तै मुशर्रफ व्यवसायिक जहाज चढेर पाकिस्तान फर्किन बाध्य भए।

कराँचीमा मुशर्रफ चढेको विमान अवतरण हुनासाथ पाकिस्तानी सेनाले शरिफको घर घेराउ गरी उनलाई नजरबन्दमा राख्यो। त्यसको दुई दिनपछि मुशर्रफले मुलुकमा सैनिक कानुन लागू भएको घोषणा गरे र आफूलाई प्रमुख कार्यकारीको दर्जा दिई पाकिस्तानमा सैनिक शासन सुरु गरे। १८ अगष्ट २००८ मा राजीनामा दिन बाध्य हुनुअघिसम्म उनले पाकिस्तानमा ९ वर्ष शासन गरेका थिए।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ८ : ५६ बजे

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले

ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह

वासिङ्टन– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा

विपिनको छलाङ – अहेबदेखि भर्सटायल नायकसम्म !

काठमाडौं – सायद कमै फिल्मकर्मी भेटिएलान्, जो विपिन कार्कीलाई ‘भर्सटायल’

कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष

नारायणी अस्पतालका बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गरिदिने

वीरगञ्ज– वीरगञ्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौँदेखि प्रयोगमा नआई थन्किएका उपकरण