नेपालको लोकतन्त्र कसरी ‘दलतन्त्र’ मा परिणत भएको छ भन्ने उम्दा उदाहरण हो, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्षसमेत रहेका माओवादी केन्द्र धादिङका नेता पित्तबहादुर डल्लाकोटीले हालै देखाएको दलबदलको रमिता।
नेपाली समाजमा कसैले अनौठो चर्चिकला देखायो भने ‘राम रमिता देखाएको’ भन्ने गरिन्छ। पित्तबहादुरको उपनाम हरि भएकाले यसलाई ‘हरि रमिता’ भन्दा हुन्छ। अघिल्लो दिन एमाले अध्यक्ष केपी ओलीको हातबाट फूलमाला र खादा लगाएर एमाले प्रवेश गर्दै ओलीसँग सेल्फीसमेत खिचाएका डल्लाकोटी भोलिपल्टै माउ पार्टी माओवादी केन्द्रमा फर्किए र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा गएर अर्को सेल्फी खिचे।
पार्टी परित्याग गरेको २४ घण्टा नबित्दै पुनः माउ पार्टीमै फर्किने डल्लाकोटीको हर्कत नेपाली राजनीतिमा मौलाएको अवसरवादको पछिल्लो प्रहसन हो। डल्लाकोटीको ‘बार्गेनिङ मूल्य’ कुन हदसम्म बढेको देखियो भने उनलाई आफ्नो पार्टीमा हुल्न एमाले र माकेका अध्यक्ष नै भिड्नुपरेको देखियो।
२०७४ को निर्वाचमा धादिङका दुई नगरपालिका र ११ गाउँपालिकामध्ये माओवादीका तर्फबाट जित्ने एक्ला गाउँपालिका अध्यक्ष डल्लाकोटीको अवसरवादको डल्लो कडा हुने नै भयो। उनलाई आफ्नो पार्टीमा भित्र्याउन एमालेले र माउ पार्टीमै फर्काउन माकेले पद, पैसा र अनेक प्रलोभनका मोलमोलाई गरेनन् भन्न सकिन्न।
एउटा गाउँ पालिका अध्यक्षको त यत्रो अवसरवादी चलखेल हुन्छ भने अनुमान गरौं, देशभरका स्थानीय निकायमा के भइरहेको होला ? किनकी, चुनावको मुखमा दल–बदलको रमिता देखाउने डल्लाकोटी एक्ला पात्र होनन्। विचार, आदर्श, नैतिकता र दलप्रतिको निष्ठालाई चुनावी स्वार्थमा तौलेर दलबदल गर्ने प्रवृत्ति नेपाली राजनीतिको पित्तथैलीमा जमेको पुरानै ‘पत्थरी’ हो।
पार्टी परित्याग गरेको २४ घण्टा नबित्दै पुनः माउ पार्टीमै फर्किने डल्लाकोटीको हर्कत नेपाली राजनीतिमा मौलाएको अवसरवादको पछिल्लो प्रहसन हो। डल्लाकोटीको ‘बार्गेनिङ मूल्य’ कुन हदसम्म बढेको देखियो भने उनलाई आफ्नो पार्टीमा हुल्न एमाले र माकेका अध्यक्ष नै भिड्नुपरेको देखियो।
केही दिनअघि मात्र नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद् तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्ट नेकपा(एमाले)मा प्रवेश गरेका छन्। २०७८ फागुन २७ मा एमाले परित्याग गर्दा बिष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेको दलिल प्रस्तुत गरेका थिए। तर, एमाले पनि एमसीसीकै पक्षधर पार्टी भएको चाहिँ उनलाई कसले बताइदिने ?
बिष्ट कहिले केपी ओलीले निर्माण गरेको एमालेको केन्द्रीय समितिमा परे। कहिले उनी माओवादी केन्द्रमा गए। अहिले फेरि एमाले भएका छन्। दलबदलको यो होडमा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमालेमा प्रवेश गरेका छन्। सिंहको दलीय यात्रा पनि राजावादी, गणतन्त्रवादी, नेमकिपा, एमाले र माओवादी हुँदै अहिले एमालेमा आएको हो।
कपिलवस्तुका मंगलप्रसाद गुप्ता पहिला कांग्रेसमा थिए। २०४८ र २०५६ को निर्वाचनमा कांग्रेसका तर्फबाट खडा भएर हारेपछि २०७० मा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट सांसद उठे। तैपनि जित्न सकेनन्।
गएको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट लडेका गुप्ता पुनः हारे। यसपाली उनको मिसन छ, कुनै पनि हालतमा जितेरै देखाउने। हो, जित्ने मिसन पुरा गर्न गुप्ता विचार, आदर्श, अडानलाई बेवास्ता गर्दै एमालेमा प्रवेश गरेका हुन्।
तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्जका मेयर बनेका विजय सरावगी पनि पुनः मेयर बन्न एमालेमा प्रवेश गरेका छन्। चालिस वर्षसम्म कम्युनिष्ट पार्टीमा सक्रिय सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री पनि हालै मात्र एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन्। कारण एउटै हो, फेरि चुनाव जित्ने।
२०७४ को निर्वाचनमा एमालेबाट अर्घखाँचीको पाणीनी गाउँपालिका उपाध्यक्ष बनेकी लक्ष्मी गौतम हालै नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। एमाले विभाजनपछि एकीकृत समाजवादीमा केही समय रहेकी गौतमलाई गत पुस १९ मा कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसालको हातबाट टीका लगाएर कांग्रेस भएकी हुन्।
एमाले विभाजनपछि एकीकृत समाजवादीमा केही समय रहेकी लक्ष्मी गौतमलाई गत पुस १९ मा कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसालको हातबाट टीका लगाएर कांग्रेस भएकी हुन्।
कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढा मगरले हालै एमाले छाडेर माके रोजेकी छिन्। धनगढीमा आयोजित माओवादीको प्रदेशस्तरीय भेलामा अध्यक्ष प्रचण्डकै हातबाट टीका लगाएर माके प्रवेश गरेकी लक्ष्मीले गाउँपालिका अध्यक्षको टिकट ‘फिक्स’ गरिसकेकी छन्।
यसरी दल बदल गरीगरी चुनाव जित्न उद्यत हुने प्रवृत्तिले यसपालीको स्थानीय निर्वाचनबाट पनि पुरानै अनुहार दोहोरिने संभावना बढाएको छ। जनताको कार्य मूल्यांकनको आधारमा कमजोर भइसकेका बहालवाला प्रतिनिधि ठूलो दलको ओत लागेर पुनः पदमा फर्किने प्रवृत्तिसँगै अवसरवाद चरम उत्कर्षमा पुगेको छ, जुन लोकतन्त्रका लागि घातक हो।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद बताएका छन्। चुनावको मुखमा दलबदलको सिलसिला सुरु भएपछि डा. भट्टराईले सामाजिक संजालमा भनेका थिए, ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिव्यक्ति हो। त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो। तर, चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौं।’
जनताको कार्य मूल्यांकनको आधारमा कमजोर भइसकेका बहालवाला प्रतिनिधि ठूलो दलको ओत लागेर पुनः पदमा फर्किने प्रवृत्तिसँगै अवसरवाद चरम उत्कर्षमा पुगेको छ, जुन लोकतन्त्रका लागि घातक हो।
डा. भट्टराईले यसो भनेकै भोलिपल्ट एमालेकी पूर्वसांसद रञ्जु ठाकुर जसपामा प्रवेश गरेकी थिइन्। जसपाले राजविराजमा आयोजना गरेको कार्यक्रममा रञ्जु अध्यक्ष उपेन्द्र यादव र नेतृ रेणु यादवको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेकी थिइन्।
चुनावको मुखमा हुने दलबदलले लोकतन्त्रलाई ‘दलतन्त्र’मा सीमित गरेको छ। व्यक्ति जस्तोसुकै होस्, उसले दलको आड लिएको छ भने चुनाव जितिहाल्ने परीपाटी छ। स्थानीय निकायमा दलबदल गरिरहने पात्रको ठाउँमा स्वतन्त्र, सक्षम र जनताको पीरमर्का बुझ्ने मानिसलाई उम्मेदवार बनाउनुपर्ने आवाज पनि नउठेको होइन। तर, मुलुकमा व्याप्त दलीय प्रभाव र संगठन विस्तारका कारण हरेक घरमा दल पुगेको छ। कुनै न कुनै दलको सदस्य बन्नैपर्ने परिस्थिति नागरिक सामु छ। दल निकट भएमा हरेक क्षेत्रमा लाभ लिन पाइने, स्वतन्त्र भएमा राज्यले वास्तै नगर्ने अवस्था छ। यसले समाजका हरेक क्षेत्रमा राजनीतिकरण मौलाएको छ। को कुन दलको हो भन्ने आधारमा व्यवहार हुने प्रवृत्तिका कारण एउटै घरभित्र पनि दलीय कलह भएका उदाहरण छन्।
मुलुकमा व्याप्त दलीय प्रभाव र संगठन विस्तारका कारण हरेक घरमा दल पुगेको छ। कुनै न कुनै दलको सदस्य बन्नैपर्ने परिस्थिति नागरिक सामु छ। दल निकट भएमा हरेक क्षेत्रमा लाभ लिन पाइने, स्वतन्त्र भएमा राज्यले वास्तै नगर्ने अवस्था छ।
यसै कारण घनश्याम भुषालजस्ता विचारक नेतालाई पनि एमाले अध्यक्ष केपी ओलीकै दलमा रहिरहनु परिरहेको छ। उता, पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई पनि बलियो संगठन भएको एमालेमा नरहे खैरियत नहुने अवस्था छ। सकेसम्म ठूलो दलमा रहने र आफ्नो स्वार्थ सिद्ध गर्ने, आफ्नो दल कमजोर भएमा अर्को बलियो संगठन खोज्दै हिंड्ने अवसरवादी प्रवृत्तिको उत्प्रेरक दलतन्त्र नै हो।
उदाहरणका लागि, नेकपा (एमाले)का सचिव योगेश भट्टराई कहिले माधव नेपाल गुट त कहिले केपी ओली गुटमा लाग्दै अहिले ओलीकै एमालेमा छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेमा हुँदा उचाल्नु उचालेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव भुसाल, सचिव भट्टराईलगायतका दर्जन नेताहरु अहिले नेपाललाई ‘धोखा’ दिएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेमा हुँदा उचाल्नु उचालेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव भुसाल, सचिव भट्टराईलगायतका दर्जन नेताहरु अहिले नेपाललाई ‘धोखा’ दिएका छन्।
यसको एउटै कारण हो, अहिलेसम्म कायम भएको जन आधार गुमाउन नचाहने मोह। अर्थात् बलियो दलको ओत। सचिव भट्टराईलगायतका नेतालाई नेता नेपालले गठन गर्ने पार्टीको तुलनामा एमालेकै संगठन आधार बलियो भएको हेक्का थियो। अतः उनीहरुले राजनीतिक इमानदारीताभन्दा आफ्नो चुनावी स्वार्थ हेरे। एमालेभित्र ‘दश बुँदे’ यी नेताको अचेल खासै प्रभाव देखिदैन, तैपनि उनीहरु एमालेमै रहन बाध्य छन्।
माओवादी ‘जनयुद्ध’बाट उदाएका रामबहादुर थापा ‘बादल’ अचेल एमाले अध्यक्ष ओलीको प्रशंसा गरेर थाक्दैनन्। कहाँसम्म भने उनले ‘गणतन्त्र पनि एमालेकै कारण आएको’सम्म भन्न भ्याइसकेका छन्। माके अध्यक्ष दाहालकै पहलमा ओली सरकारमा गृहमन्त्री भएका थापा नेकपाभित्र अन्तरविरोध चर्र्किएपछि चाहिँ ओली कित्तामा लागे। एमालेको बलियो संगठनमा रहेर लाभ लिने स्वार्थले उनलाई पनि गाँज्यो।
रामबहादुर थापा कुनैबेला एमालेलाई ‘घाँसमा लुकेको हरियो सर्प’, ‘संशोधनवादी भाषामा जाकिएको, दलाल एकाधिकारवाद पुँजीवादको मतियार’ भन्थे, अचेल ‘एमालेसर्वहारा वर्गको पार्टी हो’ भन्छन्।
थापा कुनैबेला एमालेलाई ‘घाँसमा लुकेको हरियो सर्प’, ‘संशोधनवादी भाषामा जाकिएको, दलाल एकाधिकारवाद पुँजीवादको मतियार’ भन्थे, अचेल ‘एमालेसर्वहारा वर्गको पार्टी हो’ भन्छन्। थापाको विश्लेषणमा आएको यो एकसय असी डिग्रीको परिवर्तनको आधार वैचारिक होइन, अवसरवाद नै हो। यही अवसरवादी ‘पित्तबहादुर पथ’मा अग्रसर थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका नेता अचेल ओलीका खास भएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकै कुरा गरौं। हालै सम्पन्न महाधिवेशनमा उनले नेतृत्व परिवर्तनको अभियान नै थालेका थिए। सभापति शेरबहादुर देउवालाई हराउने प्रपंच रच्न रामचन्द्र पौडेल, डा. शशांक कोइराला, डा. शेखर कोइराला र उनले निर्माण गरेको ‘देउवाइतर समूह’का अनेक बैठक भए। अन्ततः उनले महाधिवेशन चलिरहँदा क्याम्प परिवर्तन गरे र सोझै सभापति देउवाको पक्षमा उभिए।
बिगतमा पनि डा. तुलसी गिरीदेखि विश्वन्धु थापासम्मले कांग्रेस छाडेर पंचायत प्रवेश गरेकै हुन्। केशरजंग रायमाझीदेखि कमलराज रेग्मीसम्म कम्युनिष्ट छाडेर दरबार पसेकै हुन्। पछिल्लो कालखण्डमा राधाकृष्ण मैनाली, कमल चौलागाईंदेखि देवी ओझाजस्ता कम्युनिष्ट आन्दोलनमा लामो समय सक्रिय नेता राजा ज्ञानेन्द्रको शासनमा तर मार्न गएकै हुन्। नेपाली राजनीतिमा ‘पित्तबहादुर’ प्रवृत्ति आजको हैन, पुरानै रोग हो।
प्रतिक्रिया