मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान चितवनमा सर्दैन : मन्त्री लामा | Khabarhub Khabarhub

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान चितवनमा सर्दैन : मन्त्री लामा


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहने बताएका छन् । प्रतिष्ठान भरतपुर सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत र भ्रममात्रै भएको र हेटौंडाबाट नसर्ने उनले बताएका हुन् ।

उनले हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे । मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गर्दै प्रतिष्ठान हेटौंडाको गौरव भएकोले प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका हुन् । प्रतिष्ठानलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए ।

उनले अघिल्लो सरकारले जग्गा प्राप्ति समेत नसकेको आरोप लगाउँदै काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताए ।

‘हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन नसकिने अवस्था भएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको हो,’ उनले भने, ‘स्नातक तहका ३ विषयको कक्षा हेटौंडामा नै सञ्चालन भइरहेको छ ।’ हेटौंडा अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउने उनको दाबी छ । उनले अफवाह र भ्रमको पछि नलाग्न आग्रह पनि गरे ।

सरोकारवालाको मागअनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाइ छ । ‘प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको हो,’ उनले भने, ‘प्रतिष्ठान स्थापनाकाल देखि ३ वर्षसम्ममा देखिएका समस्यालाई पनि अहिले समाधानको काम भइरहेको छ ।’

छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरूप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १० : १२ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले