माथिल्लो मैलुङ्ग ‘ए’ को निर्माण अन्तिम चरणमा  « Khabarhub

माथिल्लो मैलुङ्ग ‘ए’ को निर्माण अन्तिम चरणमा 


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवा र धादिङ जिल्लाको सीमा सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ जलविद्युत् आयोजनाको काम असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखे काममा ढिलाइ भएको छ ।

विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र कोरोना भाइरसको असरले गर्दा निर्माण सम्पन्न गर्ने म्याद थपिएको थियो । ०६९ सालदेखि निर्माण सुरु भएको आयोजनाले गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तोकिएको समय सीमाभित्र निर्माण कार्य नसकेपछि दोस्रो पटक असोजसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।

दोस्रो पटक थपिएको समयमा काम नसकिएपछि फेरि पनि म्याद थप्ने तयारीमा लागेको आयोजनाले जनाएको छ । कुल ६.४२ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य वर्षाका कारण ठप्प थियो । यसअघि वर्षाका कारण असारबाट निर्माण कार्य रोकिएको थियो ।

आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीका अनुसार वर्षा, नाकाबन्दी र बाढी पहिरोका कारण आयोजनाका काम पछि धकेलिएको हो ।

९ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ । ‘पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ,’ प्रोजेक्ट इन्चार्ज जोशीले भने, ‘३ हजार ८ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी छ ।’आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले  हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने बताएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १० : ३७ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको