पूर्वी युक्रेनका बासिन्दालाई तत्काल घर छाड्न आह्वान « Khabarhub

पूर्वी युक्रेनका बासिन्दालाई तत्काल घर छाड्न आह्वान


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी युक्रेनको खार्किभ, लुहान्स्क र डोनेत्स्कका बासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न त्यहाँको सरकारले आह्वान गरेको छ ।

रुसी सेनाले पूर्वी युक्रेनलाई लक्षित गरी नयाँ हमला गर्ने त्रासबीच युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले यस्तो आग्रह गरेकी हुन् ।

‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको जोखिमको सामना गर्नेछन्’ प्रत्यक्ष टेलिभिजन सम्बोधनमा उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् ।

सरकारको अनुरोधपछि ती ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेको बताइएको छ । रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वी युक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो ।

पूर्वी युक्रेनलाई लक्षित गरी आक्रमण गर्नका लागि रुसी सेना अघिले पुनवर्गीकरण, पुनर्ताजगीमा लागेको विश्वास गरिन्छ । फेब्रुअरी २४ मा थालिएको आक्रमण राजधानी किभ आसपासको मोर्चामा सुस्त बनेपछि रुसी सेना पछि हटेका छन् ।

किभबाट पछि हटेका रुसी सैनिकलाई पूर्वी युक्रेनमाथि हमला गर्न तैनाथ गरिएको बताइन्छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ११ : ४७ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले