पूर्वी युक्रेनका बासिन्दालाई तत्काल घर छाड्न आह्वान « Khabarhub

पूर्वी युक्रेनका बासिन्दालाई तत्काल घर छाड्न आह्वान


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी युक्रेनको खार्किभ, लुहान्स्क र डोनेत्स्कका बासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न त्यहाँको सरकारले आह्वान गरेको छ ।

रुसी सेनाले पूर्वी युक्रेनलाई लक्षित गरी नयाँ हमला गर्ने त्रासबीच युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले यस्तो आग्रह गरेकी हुन् ।

‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको जोखिमको सामना गर्नेछन्’ प्रत्यक्ष टेलिभिजन सम्बोधनमा उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् ।

सरकारको अनुरोधपछि ती ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेको बताइएको छ । रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वी युक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो ।

पूर्वी युक्रेनलाई लक्षित गरी आक्रमण गर्नका लागि रुसी सेना अघिले पुनवर्गीकरण, पुनर्ताजगीमा लागेको विश्वास गरिन्छ । फेब्रुअरी २४ मा थालिएको आक्रमण राजधानी किभ आसपासको मोर्चामा सुस्त बनेपछि रुसी सेना पछि हटेका छन् ।

किभबाट पछि हटेका रुसी सैनिकलाई पूर्वी युक्रेनमाथि हमला गर्न तैनाथ गरिएको बताइन्छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ११ : ४७ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले