किभ आसपासबाट रुसी सेना पछि हटेको अमेरिकी सुरक्षा अधिकारीको दाबी « Khabarhub

किभ आसपासबाट रुसी सेना पछि हटेको अमेरिकी सुरक्षा अधिकारीको दाबी


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसी फौजले राजधानी किभ आसपासबाट पछि हट्ने कार्य सम्पन्न गरेको अमेरिकी अधिकारीले जनाएका छन् ।

नाम नबताउने सर्तमा वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले अल जजीरालाई बताएअनुसार किभ आसपासबाट पछि हटेसँगै रुसी सेनाले पुनः आक्रमण गर्न पुनर्ताजगी र बन्दोबस्तीको सामानको आपूर्तिको काम गरिरहेको छ ।

रुसले अब आफ्नो फौजको आक्रमण पूर्वी युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित हुने बताइसकेको छ । ‘रुसी फौजले के के छाडेर गएछन् भनेर हामी हेरिरहेका छौँ ।’ ती अधिकारीले भने ।

रुसी फौज किभ आसपासबाट पछि हटेपनि किभमाथि रुसी आक्रमणको जोखिम भने उत्तिकै रहेको उनको भनाइ छ । ‘अहिलेका लागि किभमा जमिनबाट सैनिक कारवाहीको जोखिम छैन । तर उनीहरूको दीर्घकालीन लक्ष्य के हो त्यो पनि स्पष्ट छैन ।’ उनले भने ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १२ : ४१ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको