श्रीलंका भ्रमण गर्नुअघि पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आह्वान « Khabarhub

श्रीलंका भ्रमण गर्नुअघि पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आह्वान


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले आफ्ना नागरिकलाई संकटग्रस्त श्रीलंकाको भ्रमण गर्नुअघि पुनर्विचार गर्न आह्वान गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकका लागि भ्रमण निर्देशिका (ट्राभल एडभाइजरी) जारी गर्दै यस्तो आह्वान गरेको हो । श्रीलंकामा आतंकवादको पनि खतरा रहेको एडभाइजरीमा उल्लेख छ ।

‘कोभिड १९ र इन्धन र औषधिको अभावका कारण श्रीलंका भ्रमण गर्न पुनर्विचार गर्नुहोला । आतंकवादका कारण श्रीलंकामा रहँदा उच्च सतर्कता अपनाउनुहोला ।’ विदेश मन्त्रालयको एडभाइजरीमा उल्लेख छ ।

‘हालै त्यहाँ आर्थिक अवस्थाका कारण प्रदर्शनहरु भएका छन् र पेट्रोल पम्प, औषधि पसल र किराना पसलमा मानिसहरुको लाम छ । देशभर नै प्रदर्शन भइरहेको छ र प्रायः शान्तिपूर्ण छ । कतै कतै प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।’ एडभाइजरीमा जनाइएको छ ।

त्यस्तै श्रीलंकामा विद्युत आपूर्तिमा पनि समस्या रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १ : १५ बजे

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको