अष्ट्रियाद्वारा चार रुसी कूटनीतिज्ञलाई देशनिकाला « Khabarhub

अष्ट्रियाद्वारा चार रुसी कूटनीतिज्ञलाई देशनिकाला


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रियाले चार रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने भएको छ । अष्ट्रियन विदेशमन्त्रालयले जनाएअनुसार कूटनीतिक मर्यादाबाहिर गइ काम गर्ने चार रुसी कूटनीतिज्ञलाई देश निकाला गर्न लागिएको हो ।

अष्ट्रियाबाट देश निकालामा पर्ने रुसी कूटनीतिज्ञहरूमा तीन जना भियनास्थित दूतावासमा कार्यरत रहेको र अर्का एक जना साल्जबर्ग शहरस्थित रुसी नियोगमा कार्यरत रहेको जनाइएको छ ।

उनीहरूलाई अष्ट्रिया छाड्न अप्रिल १२ सम्मको म्याद दिइएको रुसी समाचार संस्था तासले जनाएको छ ।

‘भियनास्थित रुसी दूतावासमा कार्यरत तीन कर्मचारी र साल्जबर्गस्थित रुसी नियोगमा कार्यरत एक कर्मचारीको कूटनीतिक हैसियत खारेज गरिएको अष्ट्रियन विदेश मन्त्रालय घोषणा गर्दन ।’ अष्ट्रियन विदेशमन्त्री अलेक्जाण्डर स्कालेनबर्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कूटनीतिक मर्यादाबाहिर गई काम गरेका कारण कूटनीतिक सम्बन्ध सम्बन्धी भियना अभिसन्धिको धारा ९ अनुसार यी व्यक्तिहरूलाई अस्वीकार्य घोषणा गरिएको छ ।’

कूटनीतिज्ञहरूलाई रुसले युक्रेनमाथि आक्रमण गरेकै कारण देशनिकाला गरिएको हो वा होइन भन्नेबारे अष्ट्रियन विदेश मन्त्रालयले कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १ : ५२ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको