रियलमा रोनाल्डोको अनुपस्थिती पूरा गर्दै बेन्जेमा | Khabarhub Khabarhub

रियलमा रोनाल्डोको अनुपस्थिती पूरा गर्दै बेन्जेमा



च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा साविक विजेता चेल्सीमाथि रियल मड्रिडले शानदार जित निकाल्यो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिज मैदानमा भएको खेलमा म्याड्रिडले घरेलु टोलीलाई ३–१ को गोल अन्तरले पराजित गर्‍यो

खेलमा रियलका लागि तीनै गोल गरेका फ्रेन्च फरवार्ड करिम बेन्जेमाको प्रदर्शन उत्कृष्ट रह्यो । उनले २१, २४ र ४६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

बेन्जेमाले पछिल्लो समय रियलका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अघिल्लो साता ला लिगामा उनले सेल्टा भिगोविरुद्ध दुई गोल गरेका थिए । यस्तै यसअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीविरुद्ध च्याम्पियन्स लिगको खेलमा पनि ह्याट्रिक गरेका थिए । बेन्जेमाको प्रदर्शनले धेरै रियल मड्रिडका प्रसंशक हरुलाई खुशी दिँदै आएको छ ।

रियलका स्ट्राइकरलाई प्रायः क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्ने गरिन्छ । आजकल केही फुटबल पण्डितहरूले पनि बेन्जेमा र रोनाल्डोबीच तुलना गर्न थालेका छन् । तर रोनाल्डो आफूभन्दा राम्रो खेलाडी रहेको बेन्जेमा स्वीकार गर्छन् ।

‘जब रोनाल्डो रियल म्याड्रिडका लागि खेल्थे तब उनले वर्षमा ५० देखि ६० गोल गर्थे । जसलाई हामीले स्वीकार गर्नै पर्छ ।’ बेन्जेमाले फ्रान्स फुटबलसँगको एक अन्तरवार्तामा भनेका थिए ।

अवश्य पनि क्रिस्टियानो रोनाल्डोले रियलका लागि गरेको गोलका आधारमा तुलना गर्दा बेन्जेमा अझै पछि छन् । तथ्यांक हेर्दा रोनाल्डोले रियलका लागि ४ सय ५१ गोल गरेका छन् भने रियलको जर्सीमा बेन्जेमाको गोलसंख्या ३ सय १३ छ ।

सन् २०१८ मा युभेन्टसका लागि रियल छाडेका रोनाल्डोको अनुपस्थित कसले पूरा गर्ला भन्ने पनि प्रश्न थियो । धेरै लामो समयसम्म रोनाल्डोको छायाँमा परेका र त्यसमाथि करिअरको उत्तरार्द्धमा रहेका बेन्जेमालाई थोरैले मात्रै रोनाल्डोको स्थान लिनसक्ने खेलाडी मानेका थिए ।

तर बेन्जेमाले फेरि एकपटक आफूलाई रोनाल्डोको अनुपस्थित पूरा गर्न सक्षम रहेको देखाएका छन् । रोनाल्डोले रियल छाडेपछि उनलाई टिमको मुख्य स्ट्राइकरको भूमिका र अवसर पनि मिल्यो ।

‘म मैदानमा रोनाल्डोलाई आफ्नो स्पेस दिन कहिले एक छेउ त कहिले अर्को छेउ पुगिरहन्थे । उनले क्लब छोडेपश्चात् गोल गर्ने र सहकर्मीलाई गोलको लागि सहयोग गर्ने जिम्मेवारी मेरो काँधमा आयो ।’ फ्रान्स फुटबलसँगको अन्तरवार्तामा उनी भन्छन् ।

सन् २००९ मा म्याड्रिडसँग जोडिएका बेन्जेमालाई निस्वार्थी स्ट्राइकरको रुपमा पनि चिनिन्छ । बेन्जेमाले फ्रान्सलाई अघिल्लो सिजनको नेशन्स लिगको उपाधि दिलाउन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

स्पेनविरुद्धको फाइनलमा उनको एक गोलको मद्दतले फ्रान्सले २–१ को जित निकालेको थियो । यो सिजनमात्रै ला लिगामा २४ र च्याम्पियन्स लिगमा ११ गोल गरेका छन् ।

हालसम्म च्याम्पयन्स लिगमा उनले ८२ गोल गरेका छन् । यससँगै उनलाई च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्नेको सूचीमा चौथो स्थानमा छन् ।

लामो अनुभव, उपयुक्त अवसर र उत्कुष्ट प्रदर्शनका कारण धेरैले बेन्जेमालाई यो वर्ष फुटबल जगतकै सबैभन्दा प्रतिष्ठित बालोन डि ओरको प्रमुख दाबेदार पनि मानेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : ०० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट