पुलिसको अगाडि झुके पुष्पा « Khabarhub

पुलिसको अगाडि झुके पुष्पा


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ’झुकेगा नही’ यो डायलग फिल्म पुष्पाको हो ।

फिल्ममा अल्लु अर्जुनले बोल्ने यो संवाद लोकप्रिय छ । यति मात्र होइन, यो संवाद बोल्दा उनले अपाउने शैलीलाई पनि उनका फ्यानहरूले दुरुस्तै गर्ने गरेका छन् । उनको फिल्म ’पुष्पा’ ले अनपेक्षित रूपमा व्यापार गर्‍यो ।

त्यसैले गर्दा यसको सिक्वेल प्रतीक्षामा समेत छ । रिल लाइफमा पुलिसको अगाडि नझुकेका पुष्पा अर्थात् अल्लु अर्जुन रियल लाइफमा भने झुक्नु परेको छ ।

हैदरावाद पुलिसले उनलाई झुकाएको हो । हैदरावादमा आफ्नो गाडीमा सवार अल्लु अर्जुनलाई पुलिसले रोकेर सात सय रुपैयाँको चलान काटेको हो । उनले गाडीमा कालो सिसा प्रयोग गरेपछि स्थानीय पुलिसले उनलाई कारबाही गरेको हो ।

हैदरावाद पुलिसले उनलाई केही समय रोकेर चलान काटेपछि मात्र छाडेको थियो । भारतमा गाडीमा कालो सिसा लगाउन नपाइने भएता पनि फिल्मी स्टारहरूले भने लगाउने गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : ४९ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर