पुलिसको अगाडि झुके पुष्पा « Khabarhub

पुलिसको अगाडि झुके पुष्पा


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ’झुकेगा नही’ यो डायलग फिल्म पुष्पाको हो ।

फिल्ममा अल्लु अर्जुनले बोल्ने यो संवाद लोकप्रिय छ । यति मात्र होइन, यो संवाद बोल्दा उनले अपाउने शैलीलाई पनि उनका फ्यानहरूले दुरुस्तै गर्ने गरेका छन् । उनको फिल्म ’पुष्पा’ ले अनपेक्षित रूपमा व्यापार गर्‍यो ।

त्यसैले गर्दा यसको सिक्वेल प्रतीक्षामा समेत छ । रिल लाइफमा पुलिसको अगाडि नझुकेका पुष्पा अर्थात् अल्लु अर्जुन रियल लाइफमा भने झुक्नु परेको छ ।

हैदरावाद पुलिसले उनलाई झुकाएको हो । हैदरावादमा आफ्नो गाडीमा सवार अल्लु अर्जुनलाई पुलिसले रोकेर सात सय रुपैयाँको चलान काटेको हो । उनले गाडीमा कालो सिसा प्रयोग गरेपछि स्थानीय पुलिसले उनलाई कारबाही गरेको हो ।

हैदरावाद पुलिसले उनलाई केही समय रोकेर चलान काटेपछि मात्र छाडेको थियो । भारतमा गाडीमा कालो सिसा लगाउन नपाइने भएता पनि फिल्मी स्टारहरूले भने लगाउने गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : ४९ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,