अष्ट्रेलियाले थप ६७ रुसीमाथि प्रतिबन्ध लगाउने « Khabarhub

अष्ट्रेलियाले थप ६७ रुसीमाथि प्रतिबन्ध लगाउने


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाले थप ६७ जना रुसी विरुद्ध प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा ६७ रुसीमाथि वित्तीय तथा यात्रा प्रतिबन्ध लगाउन लागिएको अष्ट्रेलियन विदेशमन्त्री मरिस पेनले जानकारी दिइन् ।

‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका कठोर काममा सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र धनाढ्यविरुद्ध प्रतिबन्धको घोषणा गर्दैछु’, बेल्जियमको राजधानी ब्रसेल्समा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।

नयाँ प्रतिबन्धमा रुसी सैनिक अधिकारी कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ र उप प्रधानमन्त्री दिमित्री ग्रिगोरेन्को समेत परेको रोयटर्सले जनाएको छ ।

यससँगै अष्ट्रेलियाले प्रतिबन्ध लगाएका रुसीहरुको संख्या झण्डै ६ सय पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । बुचाकिभ नजिकका क्षेत्रमा रुसी युद्ध अपराधका प्रमाण फेला परेसँगै नयाँ प्रतिबन्ध घोषणा गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : १८ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले