ओलीका मन्त्रीहरूले सरकारी सम्पत्ति कौडीको भाउमा निजीलाई दिए: मन्त्री आले « Khabarhub

ओलीका मन्त्रीहरूले सरकारी सम्पत्ति कौडीको भाउमा निजीलाई दिए: मन्त्री आले


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरूले भ्रष्टचार गर्दै सरकारी सम्पत्ति कौडीको भाउमा निजी क्षेत्रलाई दिएको आरोप लगाएका छन् ।

बिहीबार छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री आलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पत्ति फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने पनि बताएका छन्।

आफू मन्त्री भएपछि सरकारी सम्पत्तिको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैयाँ उठेको उनको जिकिर छ ।

त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने धारणा राखे । उनले एमाले अध्यक्ष ओलीले भन्दै आएको एक क्वीन्टलको ढकलाई आधा किलोमा झार्ने गरी चुनावी तयारी गर्न आग्रह पनि आग्रह गरेका छन् ।

यसैबीच कोरोनाका कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले बताएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ५ : ३२ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला