सर्लाहीमा बेपत्ता बालककाे शव पाँच दिनपछि सेफ्टी ट्यांकीमा फेला « Khabarhub

सर्लाहीमा बेपत्ता बालककाे शव पाँच दिनपछि सेफ्टी ट्यांकीमा फेला


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– छिमेकीले हत्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ ।

पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरियाका दिपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेफ्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको हो ।

गत २० चैत आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएकाे प्रहरीले पुष्टि गरेकाे छ ।

बालक हराएकाे जानकारी पाएलगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले छिमेकी जगदिश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको ठाउँ पत्ता लागेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसन्धान अधिकृतले बताए । पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेफ्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहानै सेफ्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । बालकको हत्यामा संलग्न भएको आरोपमा जगदिश ठाकुरसहित उनको परिवारका ७ जना सदस्यहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रारम्भिक अनुसन्धाबाट अभियुक्तहरूले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।

अभियुक्तहरूले बालकका बुबालाई फोन गरेर फिरौतीसमेत मागेको र पैसा नपाएपछि हत्या गरेको पीडित पारिवारिक स्राेतले बताए पनि यसकाे पुष्टि भइसकेको छैन । बेपत्ता बालकको खाेजी गरेर उद्धार गर्ने उद्देश्यसहित खटिएकाले घटनाको अन्य पाटोबारे अनुसन्धान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुडाथोकीले बताए । तर, बालककाे शव फेला परेसँगै घटनाबारे थप अनुसन्धान थालिएकाे उनले बताए ।

‘बालकको हत्या गर्नुपर्ने कारण लगायतका बारेमा हामी आनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘पहिला त जिउँदो वा मृत जुन अवस्थामा भए पनि जतिसक्तो चाँडो बालक फेला पार्नुपर्‍यो । हामी त्यता लाग्यौँ । आज बालकको शव फेला परेको छ । बाँकी घटनाक्रम पनि थप अनुसन्धानबाट छिटै खुल्छ ।’ घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिने नायव उपरीक्षक बुडाथोकीको भनाइ छ ।

बिहीबार बिहानै सेफ्टी ट्यांकीबाट बालकको शव निकालेसँगै पुरौ गाउँ शाेकमा डुबेको छ । छोराको शव देख्नेबित्तिकै मृतक बालककी आमा महासुन्दर ठाकुर पटकपटक अचेत भइरहेकी आफन्तले जनाएका छन् । वैदेशिक रोजगारीका रहेका बालकका बुबा दिपेन्द्र छोरा बेपत्ता भएको खबर पाएपछि दुई दिनअघि मात्र घर आइपुगेका छन् । हत्या गरिएका आकाश दिपेन्द्रका जेठा छोरा हुन् भने उनका १ वर्षका अर्का एक छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ५ : १७ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन