काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर र १ हजार ८४९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। त्यस्तै सोहि अवधिमा २५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी पछिल्लो समय ५० हजार ९३ ले खोप लगाएका छन् ।
होम आइसोलेशनमा ७१७ रहेका छन् भने संस्थागत आइसोलेशनमा ३०, आइसियुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।
प्रतिक्रिया