श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान अदालतको आदेश « Khabarhub

श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान अदालतको आदेश


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी कोलम्बोस्थित एक अदालतले श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान आदेश दिएको छ ।

कोलम्बोको चिफ मजिष्ट्रेट अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्द काब्राललाई देश छाडेर कतै नजान आदेश दिएको श्रीलंकाको अंग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको हो ।

दक्षिणी प्रान्तका पूर्वगभर्नर रजिथ कीर्ति थेन्नाकुनको उजुरीका आधारमा कोलम्बोका अभियोजनकर्ता हर्षना केकुनवालाले अदालतमा पूर्व गभर्नरविरुद्ध मुद्दा दायर गरेका थिए ।

उनलाई अप्रिल १८ मा अदालतमा हाजिर हुन समेत निर्देशन दिइएको छ । देशमा बढ्दो आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावबीच सरकारविरोधी प्रदर्शन चर्किएसँगै उनले केही दिनअघिमात्रै राजीनामा दिएका थिए ।

मुलुकको गिर्दो आर्थिक अवस्था तथा विदेशी मुद्राको चरम अभावको व्यवस्थापन गर्न नसकेको भन्दै पूर्व गभर्नर काब्रालको चर्को आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ५ : ३२ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र